भदौ ९, काठमाडौँ | मधेशमा पहिलो हुने दावी गरेको माओवादी केन्द्रले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनको लागि भदौ १३ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाईसक्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ | मधेशमा पहिलो हुने दावी गरेको माओवादी केन्द्रले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनको लागि भदौ १३ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाईसक्न"/>
2026-07-01 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ को निर्वाचनको लागि माओवादीको यस्तो छ तयारी

भदौ ९, काठमाडौँ | मधेशमा पहिलो हुने दावी गरेको माओवादी केन्द्रले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनको लागि भदौ १३ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाईसक्ने तयारी अनुसार काम गरेको छ । 

अहिले माओवादी केन्द्र प्रदेश २ को इन्चार्ज मात्रिका यादव छन् । २ नम्बर प्रदेशका १ सय ३६ स्थानीय तह मध्ये माओवादी केन्द्रले आधा भन्दा बढी उम्मेदारको टुङ्गो लगाई सकेको यादवले बताएका छन् । यादवका अनुसार माओवादीको १३ भदौमा जनकपुरमा हुने बैठकले बाँकी सबै उम्मेदवारको टुंगो लगाउनेछ । जनकपुरमा हुने उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित प्रदेश नम्बर २ का मुख्य-मुख्य नेताहरुको उपस्थिति हुनेछ । 

प्रदेश नम्बर २ मा माओवादीले मधेसकेन्द्रित तथा कांग्रेससंग तालमेल गर्न सक्ने बुझिएको छ । यस अघिका २ चरणमा भएको निर्वाचनमा कांग्रेस माओवादीको तालमेल भए अनुसारनै कांग्रेसले पनि माओवादी केन्द्रसँग तालमेल गर्नेछ । साथै माओवादी केन्द्रले तालमेलकै कारण उम्मेदवार घोषणामा ढिलाइ भएको बताएको छ । माओवादीले आफुले जित्नेजस्तो स्थानमा एक्लै लड्नेछ भने कम्जोर स्थानमा स्थिति हेरेर कांग्रेस वा मधेसकेन्द्रित दलसँग मिल्न सक्ने देखिएको छ । माओवादीले तालमेलको स्थिति हेरेर कांग्रेस र मधेसकेन्द्रित दलसँग समेत छलफल गरेर छिटै टुंगोमा लगाउने तयारि समेत गरेको छ ।

माओवादीले मधेसमा माओवादी केन्द्र पहिलो शक्ति बन्ने आधार देखेको बताईएको छ । सरकारमा हुँदा मधेस–पहाड जोड्ने काम गरेकाले मधेसी जनताले माओवादीलाई जिताउने उसको विश्वास छ । माओवादीले त्यसका लागि तालमेलसँगै जनमत बुझेर मात्र उम्मेदवार छनोट गर्ने जनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले केहि दिन अघि मधेस केन्द्रित हजारौं नेता/कार्यकर्ताहरु माओवादीमा प्रवेस गर्ने बताए अनुसार नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामेश्वर राय यादव भदौ १४ मा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । उनिसँगै उनीनिकटका नेता तथा कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने पक्का-पक्कि भईसकेको र त्यस अनुसार कार्यक्रम समेत तय गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ