भदौ ९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ । 

"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेलाई कसैले पनि घेराबन्दी गर्न सक्दैन: गौतम

९ भाद्र २०७४, शुक्रबार १२:४९

भदौ ९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ । 

दल दर्ताका लागि चाहिने आवश्यक कागजातसहित पार्टीका उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गएको टोलीले आयोगमा पुगेर दल दर्ता गराएको हो । राजनीतिक दलले हरेक निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ ।

 निर्वाचन आयोगले दल दर्ताका लागि यही भदौ ११ गतेसम्मको समयसीमा दिएको छ । हालसम्म आयोगमा ४४ राजनीतिक दलले दल दर्ता गराइसकेको आयोगले जनाएको छ । सो क्रममा उपाध्यक्ष गौतमको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग प्रदेश नं २ मा आउँदो असोज २ गते हुने स्थानीय तह र आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन विषयमा पनि छलफल ग¥यो । 

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले निर्वाचनका लागि आवश्यक विधेयक पारित गर्न पूर्णरुपमा सहयोग गर्न तयार छौं भन्नुभयो । सरकारलाई छिटोभन्दा निर्वाचनसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न सुझाव दिँदै उहाँले भन्नुभयो, “नेकपा(एमाले)आगामी असोज २ र मंसिरमा हुने दुवै निर्वाचनका लागि तयारी रुपमा छ, पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित हुने निर्णय भइसकेको छ ।” 

सञ्चारकर्मीको प्रश्नको जवाफमा उहाँले एमालेलाई कसैले पनि घेराबन्दी गर्न नसक्ने र त्यसो गर्नेहरु जनताबाट तिरस्कृत भएकाहरु मात्र हुने बताउनुभये । टोलीमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचिव प्रदीपकुमार ज्ञवली, पार्टी निर्वाचन फाँटका प्रमुख राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री अग्निप्रसाद खरेललगायत सहभागी हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता