सहकारी तथा गरिवी निवारण राज्यमन्त्री एंव कालिका भगवती गुठीका सल्लाहकार माननीय सांसद चम्पादेवी खड्काले सहकारी र गरिवी क्षेत्रमा देखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सहकारी तथा गरिवी निवारण राज्यमन्त्री एंव कालिका भगवती गुठीका सल्लाहकार माननीय सांसद चम्पादेवी खड्काले सहकारी र गरिवी क्षेत्रमा देखि"/>
८ माघ २०८२, बुधबार
पर्बत - PBT

सहकारी र गरिवी क्षेत्रमा देखिएका विकृती न्युनीकरण गर्छु— राज्यमन्त्री खड्का

१० भाद्र २०७४, शनिबार ०६:०८

सहकारी तथा गरिवी निवारण राज्यमन्त्री एंव कालिका भगवती गुठीका सल्लाहकार माननीय सांसद चम्पादेवी खड्काले सहकारी र गरिवी क्षेत्रमा देखिएका विकृती तथा समस्याहरुलाइ न्युनीकरणमा जोड दिने बताएकी छिन । नेपाली काँग्रेस जिल्ला कार्य समिति बागलुङले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । जिल्लाको विकास निर्माण सवै क्षेत्रसँग सहकार्य गर्दै अगाडी बढ्ने भन्दै राज्यमन्त्री खड्काले यहाँका सम्भावनाका क्षेत्रहरुलाई विकास गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।


प्राय चुनावमुखी हुँदा जिल्लाको विकास पछाडी परेको भन्दै उनले सवै पक्षसँगको सहयोगमा अगाडी बढ्ने बताईन । उनले यहाँका धार्मिक तथा पर्यटनका क्षेत्र,सहकारी र गरिवी निवारणका लागि आफुले ठोस कार्यक्रम ल्याउन पहल गरेको बताईन् । ‘श्रीमानले सदैव विकास र समाजसेवामा देखाउनु भएको योगदान मैलै विर्सेकी छैन्’ उनले भावुक हुदैँ थपिन् ‘उहाँको सपना साकार पार्न म तपाईकै सुझाव लिएर अगाडी बढ्ने छु ।’ एक फरक प्रसंगमा उनले चुनावमा पराजय भएभन्दैमा पार्टी विचलित नहुन आग्रह गरिन् । संगठन सुदृृढिकरण गरी जिल्लाको समग्र विकास निर्माणमा पार्टी एकजुट भएर लाग्नुपर्ने बताईन ।


कार्यक्रम नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता,कोषाध्यक्ष उमेश गौतमको स्वागत र सचिव नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


राज्यमन्त्री खड्का बागलुङ आउने भनेपछि हजारौ कार्यकर्ताहरु स्वागत र बधाई दिन भीड लागेका थिए । उनी बागलुङ जिल्लाबाट पहिलो राज्यमन्त्री पदमा निर्वाचित भएकी हुन । त्यस्तै बागलुङकै खड्का समुदायमा जन्मेकी उनी राज्यमन्त्री हुने तेस्रो व्यक्ति हुन । यसअगाडी दिपबहादुर खड्का र तेजेन्द्र बहादुर खड्का नेपाल सरकारको राज्यमन्त्री भैसकेका हुन । नेपाली काँग्रेस क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद खड्का धार्मिक, सामाजिक क्षेत्रमा आस्था राख्ने महिला सांसद हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता