२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विपक्षको असहमतिकाबीच आजदेखि संसद् सञ्चालनको तयारीमा सत्तापक्ष

२६ जेष्ठ २०८२, आईतवार १३:३२

काठमाडौँ । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूको विरोध कायमै रहे पनि प्रतिनिधि सभा बैठक आजदेखि सञ्चालन गर्ने तयारीमा सत्तापक्ष पुगेको छ।

सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारमा प्रमुख तीन दलका प्रमुख सचेतकहरूबीच भएको छलफलपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सहमति भए पनि नभए पनि संसद्‌ अगाडि बढ्ने स्पष्ट संकेत दिएका छन्।

श्याम घिमिरेले भने, “विपक्षले सहयोग गरे संसद सहज ढंगले सञ्चालन हुनेछ। तर असहयोग भए पनि संसद् अगाडि बढ्नेछ। लामो समयदेखि संसद्‌ अवरुद्ध हुँदा आम जनतामा नकारात्मक सन्देश जान थालेको छ। संसद् सधैं अनिर्णयको बन्दी बन्नु उचित होइन।”

उनका अनुसार असहयोगका कारण केही कठिनाइ त आउन सक्छ, तर संसद् आजदेखि कार्यसूचीअनुसार अगाडि बढ्ने बताइएको छ।

यता, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय सूचना टाँस गरी बैठक स्थगित गर्ने अभ्यास अब दोहोरिने छैन भन्ने स्पष्ट पारे।

“हामीले अहिलेसम्म विपक्षको आग्रहमा बैठक स्थगित गर्दै आएका थियौं, तर अब बैठक नियमित रूपमा सञ्चालन हुनेछ,” उनले भने, “आजको बैठकमा बजेटमाथिको छलफल सुरु हुनेछ र संघीय निजामती सेवा विधेयक टेबल गरिनेछ। यसमा अपोजिसनले अवरोध गर्न खोज्नुहुन्न भन्ने लाग्छ । लामो समयसम्म हाउस बन्धक गर्ने पुष्टि उहाँहरूले दिइरहन सक्नुभएको छैन।”

सभामुख घिमिरेले पटक-पटक बैठक स्थगित भए पनि समाधानमा नपुगेको भन्दै प्रमुख दलका सचेतकहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

यसैबीच, थप रणनीतिक छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलहरूको छुट्टै बैठक आह्वान गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…