१२ भदौ, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोग कुन जिल्लामा कति निर्वाचन क्षेत्र हुने नक्सा सहितको प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ४९५ वटा निर्वाचन क्षेत्रको न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १२ भदौ, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोग कुन जिल्लामा कति निर्वाचन क्षेत्र हुने नक्सा सहितको प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ४९५ वटा निर्वाचन क्षेत्रको न"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन प्रदेशमा कति निर्वाचन क्षेत्र ? जिल्लागत विवरण आज आयोगमा बुझाइने

१३ भाद्र २०७४, मंगलवार ००:४५

१२ भदौ, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोग कुन जिल्लामा कति निर्वाचन क्षेत्र हुने नक्सा सहितको प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ४९५ वटा निर्वाचन क्षेत्रको नक्सा तयार पारेको छ । तर उसले उक्त प्रतिवेदन भने नक्सा बनाउने कार्य नसकिएका कारण आज (मंगलबार) बुझाउने तयारी गरेको छ ।

आयोगलाई निर्वाचन क्षेत्र निर्धारणका लागि भदौ १४ सम्मको समय तोकिएको थियो । प्रतिवेदन अनुसार प्रतिनिसिभाका १६५ र प्रदेशसभाका ३३० गरी जम्मा ४९५ निर्वाचन क्षेत्र निर्धारण भएका छन् । 

निर्वाचन आयोगलाई प्रतिवेदन नबुझाई केहि पनि बोल्न नमिल्ने भएकाले उक्त प्रतिवेदन बुझाएपछि मात्रै यस बिषयमा थप कुराहरु सार्वजनिक हुनेछ । नेपालमा हाल ७७ जिल्लाको संरचना अनुसार एक जिल्ला एक निर्वाचन क्षेत्र नघटाई क्षेत्र निर्धारण गरिएको बुझिएको छ । जस अनुसार संघिय संरचना अनुसार टुक्रिएको नवलपरासी र रुकुममा पनि छुट्टा छुट्टै क्षेत्र हुने पक्का छ । 

स्रोतका अनुसार प्रदेस नम्वर १ मा २८ वटा निर्वाचन क्षेत्र तोकिएको छ । त्यस्तै प्रदेश नम्बर २ का अधिकांश जिल्लामा २ भन्दा बढी निर्वाचन क्षेत्र निर्धारण भएका छन् । त्यहाँ ३२ निर्वाचन क्षेत्र तोकिएका छन् । 

त्यस्तै ३ नम्बर प्रदेशमा सबैभन्दा बढी अर्थात ३३ निर्वाचन क्षेत्र कायम गरिएको छ । उता प्रदेश नम्बर ४ मा १८ वटा निर्वाचन क्षेत्र तोकिएको छ । 

त्यस्तै प्रदेश नम्बर ५ मा २६ निर्वाचन क्षेत्र निर्धारण भएको बुझिएको छ । त्यस्तै प्रदेश नम्बर ६ मा सबैभन्दा कम निर्वाचन क्षेत्र निर्धारण भएका छन् । भौगोलिक रुपमा ठुलो भएपनि जन्शंख्याको आधारमा सानो मान्दै त्यहाँ १२ निर्वाचन क्षेत्र निर्धारण गरिएको हो । त्यस्तै प्रदेश नम्बर ७ मा १६ वटा निर्वाचन क्षेत्र निर्धारण भएका छन् । 

आयोगले प्रदेश ३ र प्रदेस २ मा बढी क्षेत्र निर्धारण हुनुको कारण जनशंख्यालाई आधार मानिएको छ । प्रदेश ७ मा १६ र मा १२ वटा निर्वाचन क्षेत्र रहनेछन् । 

आयोगले जिल्लागत आधारमा काठमाडौँ जिल्लामा सबैभन्दा धेरै क्षेत्र तोकेको छ भने त्यसपछि मोरङ जिल्लामा धेरै क्षेत्र तोकेको छ । कुन जिल्लामा कति क्षेत्र भन्ने बिषयमा भने स्पष्ट विवरण आज बेलुकासम्ममा सार्वजनिक हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता