१२ भदौ, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोग कुन जिल्लामा कति निर्वाचन क्षेत्र हुने नक्सा सहितको प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ४९५ वटा निर्वाचन क्षेत्रको न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १२ भदौ, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोग कुन जिल्लामा कति निर्वाचन क्षेत्र हुने नक्सा सहितको प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ४९५ वटा निर्वाचन क्षेत्रको न"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन प्रदेशमा कति निर्वाचन क्षेत्र ? जिल्लागत विवरण आज आयोगमा बुझाइने

२०७४, १३ भाद्र मंगलवार ००:४५

१२ भदौ, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोग कुन जिल्लामा कति निर्वाचन क्षेत्र हुने नक्सा सहितको प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ४९५ वटा निर्वाचन क्षेत्रको नक्सा तयार पारेको छ । तर उसले उक्त प्रतिवेदन भने नक्सा बनाउने कार्य नसकिएका कारण आज (मंगलबार) बुझाउने तयारी गरेको छ ।

आयोगलाई निर्वाचन क्षेत्र निर्धारणका लागि भदौ १४ सम्मको समय तोकिएको थियो । प्रतिवेदन अनुसार प्रतिनिसिभाका १६५ र प्रदेशसभाका ३३० गरी जम्मा ४९५ निर्वाचन क्षेत्र निर्धारण भएका छन् । 

निर्वाचन आयोगलाई प्रतिवेदन नबुझाई केहि पनि बोल्न नमिल्ने भएकाले उक्त प्रतिवेदन बुझाएपछि मात्रै यस बिषयमा थप कुराहरु सार्वजनिक हुनेछ । नेपालमा हाल ७७ जिल्लाको संरचना अनुसार एक जिल्ला एक निर्वाचन क्षेत्र नघटाई क्षेत्र निर्धारण गरिएको बुझिएको छ । जस अनुसार संघिय संरचना अनुसार टुक्रिएको नवलपरासी र रुकुममा पनि छुट्टा छुट्टै क्षेत्र हुने पक्का छ । 

स्रोतका अनुसार प्रदेस नम्वर १ मा २८ वटा निर्वाचन क्षेत्र तोकिएको छ । त्यस्तै प्रदेश नम्बर २ का अधिकांश जिल्लामा २ भन्दा बढी निर्वाचन क्षेत्र निर्धारण भएका छन् । त्यहाँ ३२ निर्वाचन क्षेत्र तोकिएका छन् । 

त्यस्तै ३ नम्बर प्रदेशमा सबैभन्दा बढी अर्थात ३३ निर्वाचन क्षेत्र कायम गरिएको छ । उता प्रदेश नम्बर ४ मा १८ वटा निर्वाचन क्षेत्र तोकिएको छ । 

त्यस्तै प्रदेश नम्बर ५ मा २६ निर्वाचन क्षेत्र निर्धारण भएको बुझिएको छ । त्यस्तै प्रदेश नम्बर ६ मा सबैभन्दा कम निर्वाचन क्षेत्र निर्धारण भएका छन् । भौगोलिक रुपमा ठुलो भएपनि जन्शंख्याको आधारमा सानो मान्दै त्यहाँ १२ निर्वाचन क्षेत्र निर्धारण गरिएको हो । त्यस्तै प्रदेश नम्बर ७ मा १६ वटा निर्वाचन क्षेत्र निर्धारण भएका छन् । 

आयोगले प्रदेश ३ र प्रदेस २ मा बढी क्षेत्र निर्धारण हुनुको कारण जनशंख्यालाई आधार मानिएको छ । प्रदेश ७ मा १६ र मा १२ वटा निर्वाचन क्षेत्र रहनेछन् । 

आयोगले जिल्लागत आधारमा काठमाडौँ जिल्लामा सबैभन्दा धेरै क्षेत्र तोकेको छ भने त्यसपछि मोरङ जिल्लामा धेरै क्षेत्र तोकेको छ । कुन जिल्लामा कति क्षेत्र भन्ने बिषयमा भने स्पष्ट विवरण आज बेलुकासम्ममा सार्वजनिक हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने