२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पतञ्जली प्रकरण : पूर्व प्रधानमन्त्री नेपालविरुद्धको भ्रष्टाचार मुद्दा कसरी अघि बढ्छ?

२६ जेष्ठ २०८२, आईतवार १८:०९

काठमाडौँ । काभ्रेपलाञ्चोकको साँगा महेन्द्रज्योतिमा अवस्थित पतञ्जली योगपीठसँग सम्बन्धित हदबन्दीभन्दा बढी जग्गा बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले उनीहरूलाई हदबन्दीभन्दा बढी जग्गा कम मूल्यमा खरिद गरी बढी मूल्यमा बिक्री गर्ने नियतले मन्त्रिपरिषदबाट नीतिगत निर्णय गराई सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको आरोप लगाएको छ। आयोगको दाबी अनुसार तत्कालीन प्रधानमन्त्री नेपालले आफ्नो पदीय दायित्वको दुरुपयोग गर्दै सो निर्णयमा भूमिका खेलेका थिए।

यस प्रकरणमा पूर्व प्रधानमन्त्री नेपालसहित नेकपा एकीकृत समाजवादीका नेताहरूले भने मुद्दा प्रतिशोधप्रेरित भएको बताएका छन्। उनीहरूका अनुसार प्रधानमन्त्री नेपालमाथि नीतिगत निर्णयका विषयमा अनुसन्धान गरेर कार्यपालिका स्वतन्त्रतामाथि प्रश्न उठाइएको छ।

स्मरणीय छ, सो मुद्दा २०६९ सालमा आयोगले नीतिगत निर्णयको आधार देखाउँदै तामेलीमा राखेको थियो। त्यतिबेला अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की थिए। पछिल्ला वर्षमा पुनः खोलिएको यो मुद्दामा आयोगले हालै पूर्व प्रधानमन्त्री नेपालको बयान लिएको थियो।

अदालती प्रक्रिया
मुद्दा दर्ता भएसँगै विशेष अदालतले अब प्रतिवादीहरूलाई म्याद पठाउने प्रक्रिया थालेको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार प्रतिवादीहरूको संख्या धेरै भएकाले म्याद पठाउने कार्यमा केही समय लागेको छ। उनका अनुसार सम्भवत: सोमबारसम्म म्याद पठाइनेछ।

सामान्यतया विशेष अदालतले बाटोबाहेक १५ दिनको म्याद निर्धारण गरी प्रतिवादीलाई अदालतमा उपस्थित हुन आग्रह गर्छ। काठमाडौँमै रहेका प्रतिवादीहरूका लागि भने १५ दिनकै समयसीमा लागू हुनेछ।

प्रतिवादीहरूले म्याद बुझिसकेपछि अदालतमा उपस्थित हुनुपर्नेछ। त्यसपछि सुनुवाइका लागि पेसी तोकिनेछ र मुद्दा औपचारिकरूपमा अदालती प्रक्रियामा प्रवेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…