२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

वाईसीएलले ७४ सदस्यीय पदाधिकारी टिम घोषणा गर्‍यो

२७ जेष्ठ २०८२, सोमबार १२:३३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल) ले तेस्रो राष्ट्रिय सम्मेलनमार्फत ७४ सदस्यीय पदाधिकारी टोली चयन गरेको छ।

सम्मेलनले सर्वसम्मत रुपमा पुष्प ओलीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। टोलीमा उपाध्यक्ष पदमा २२ जना चयन भएका छन्।

वाईसीएलका उपाध्यक्षहरूमा डम्बर पुलामी, ठाकुर सौराग, नवराज ऐर, सुदीप नगरकोटी, रामकुमार श्रेष्ठ, अविलास तामाङ, हरिप्रसाद ढकाल, माधव बस्नेत, मनोज बिक, प्रेम श्रेष्ठ, अरुण श्रेत्री, अर्जुनसिंह साउद, शंकर पौडेल, शैलेन्द्रकुमार शर्मा, मिमसरा बम, नविन खड्का, सन्तोष पनेरु, शोभाराम भण्डारी, अकिल शाही, मिना चैदरा, र सुशिला कुँवर रहेका छन्।

महासचिवमा गणेश शाही चयन भएका छन् भने सहसचिवमा १९ जना र सचिवमा ३१ जनालाई जिम्मेवारी दिइएको छ। नेतृत्व चयनको प्रक्रियालाई सर्वसम्मत बनाउने उद्देश्यले यसपटक पदाधिकारीको संख्या बढाइएको संगठनले जनाएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि खुमलटारमा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्बोधन गर्दै पदाधिकारी संख्या प्रारम्भिक योजनाभन्दा केही बढेको स्वीकार गरे।

उनले पदाधिकारी संख्या मिलाउने क्रममा केही सोचिएकोभन्दा ठूलो टिम बन्यो, तर यसले संगठनलाई अझ गतिशील र प्रभावकारी बनाउन मद्दत गर्नेछ। छलफल र बहसबाटै नयाँ निर्माणको बाटो खुल्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…