२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भिजिट भिसा प्रकरणले संसद गतिरोध, टुंगो लगाउने प्रयास जारी

२७ जेष्ठ २०८२, सोमबार १३:०४

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको दाबी गर्दै आएका प्रतिपक्षी दलहरू र सत्तापक्षबीच समाधान खोज्ने प्रयासस्वरूप संवाद जारी रहेको छ। प्रतिपक्षीले गृहमन्त्रीको राजीनामासहित उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै गत जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पारिरहेका छन्। यद्यपि, जेठ १५ गते बजेट प्रस्तुत गर्न भने बाटो खुलेको थियो।

आज पनि संसद्‌को गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल जारी छ। दुवै पक्ष छानबिन समिति गठनमा सहमत भइसकेका छन्, तर सहमति पत्रमा प्रयोग गरिने भाषाको विषयमा भने अझै एकमत बन्न सकेको छैन।

आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। त्यसअघि दलहरूले लिखित सहमतिमा पुग्ने प्रयास गरिरहेका छन्। तर, नेताहरूका अनुसार सहमति आजै जुट्ने सम्भावना न्यून देखिएको छ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले छलफलको केन्द्रबिन्दु सहमतिको भाषा रहेको बताए।

सहमतिको भाषा तय गर्ने जिम्मेवारी नेपाली कांग्रेस र एमालेलाई दिइएको छ। दुबै दल अहिले त्यसमा अन्तिम रूप दिने प्रयासमा छन्। माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने “संसदीय छानबिन समिति” वा “उच्चस्तरीय छानबिन समिति” भन्ने शब्दावली स्पष्ट उल्लेख हुनुपर्ने माग राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…