२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भिजिट भिसा प्रकरणले संसद गतिरोध, टुंगो लगाउने प्रयास जारी

२०८२, २७ जेष्ठ सोमबार १३:०४

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको दाबी गर्दै आएका प्रतिपक्षी दलहरू र सत्तापक्षबीच समाधान खोज्ने प्रयासस्वरूप संवाद जारी रहेको छ। प्रतिपक्षीले गृहमन्त्रीको राजीनामासहित उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै गत जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पारिरहेका छन्। यद्यपि, जेठ १५ गते बजेट प्रस्तुत गर्न भने बाटो खुलेको थियो।

आज पनि संसद्‌को गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल जारी छ। दुवै पक्ष छानबिन समिति गठनमा सहमत भइसकेका छन्, तर सहमति पत्रमा प्रयोग गरिने भाषाको विषयमा भने अझै एकमत बन्न सकेको छैन।

आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। त्यसअघि दलहरूले लिखित सहमतिमा पुग्ने प्रयास गरिरहेका छन्। तर, नेताहरूका अनुसार सहमति आजै जुट्ने सम्भावना न्यून देखिएको छ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले छलफलको केन्द्रबिन्दु सहमतिको भाषा रहेको बताए।

सहमतिको भाषा तय गर्ने जिम्मेवारी नेपाली कांग्रेस र एमालेलाई दिइएको छ। दुबै दल अहिले त्यसमा अन्तिम रूप दिने प्रयासमा छन्। माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने “संसदीय छानबिन समिति” वा “उच्चस्तरीय छानबिन समिति” भन्ने शब्दावली स्पष्ट उल्लेख हुनुपर्ने माग राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण