२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चित्रबहादुर केसीको प्रश्न : पैसा कमाएको आधारमा वंशजको नागरिकता दिन मिल्छ ?

२०८२, २८ जेष्ठ मंगलवार १४:२१

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वंशजको नागरिकता सम्बन्धी प्रस्तावप्रति असहमति जनाएका छन्।

मंगलबार बसेको संघीय संसदको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले आमा र बुबा दुवै नेपाली नागरिक भएकै सन्तानलाई मात्र वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएका छन्।

“गैरआवासीय नेपालीहरूले पैसा कमाएका छन् भनेर वंशजको नागरिकता दिन मिल्छ?” भन्दै उनले प्रश्न उठाए। उनका अनुसार आर्थिक हैसियत वा वैदेशिक कमाइ नागरिकता प्राप्तिको आधार बन्नु उपयुक्त हुँदैन।

उनले वंशजको नागरिकता दिने विषय गम्भीर रहेको बताए। उनका अनुसार, गैरआवासीय नेपालीहरूलाई सांस्कृतिक र आर्थिक अधिकार दिने कुरा ठिकै हो, तर त्यो अपुग भएको भन्दै वंशजको नागरिकता दिनुपर्ने माग न्यायसंगत होइन।

ब्रिटिश गोरखा सन्दर्भ तर्फ संकेत गर्दै उनले दोहोरो नागरिकताको सम्भावना प्रति पनि चिन्ता व्यक्त गरे। “ब्रिटिश गोरखाको हकमा पनि वंशजको नागरिकता दुवै देशबाट लिने छुट छैन, यस विषयमा संसदमा मतदान हुनुपर्छ। मेरो मत एक्लै परे पनि फरक पर्दैन, तर भावना देखाएर निर्णय गर्नु हुँदैन।” उनले बताए।

उनले गैरआवासीय नेपालीसम्बन्धी प्रस्तावमा संवेदनशीलता जरुरी रहेको र दीर्घकालीन असरलाई ध्यानमा राखेर मात्र निर्णय लिनु पर्ने पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन