२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चित्रबहादुर केसीको प्रश्न : पैसा कमाएको आधारमा वंशजको नागरिकता दिन मिल्छ ?

२८ जेष्ठ २०८२, मंगलवार १४:२१

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वंशजको नागरिकता सम्बन्धी प्रस्तावप्रति असहमति जनाएका छन्।

मंगलबार बसेको संघीय संसदको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले आमा र बुबा दुवै नेपाली नागरिक भएकै सन्तानलाई मात्र वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएका छन्।

“गैरआवासीय नेपालीहरूले पैसा कमाएका छन् भनेर वंशजको नागरिकता दिन मिल्छ?” भन्दै उनले प्रश्न उठाए। उनका अनुसार आर्थिक हैसियत वा वैदेशिक कमाइ नागरिकता प्राप्तिको आधार बन्नु उपयुक्त हुँदैन।

उनले वंशजको नागरिकता दिने विषय गम्भीर रहेको बताए। उनका अनुसार, गैरआवासीय नेपालीहरूलाई सांस्कृतिक र आर्थिक अधिकार दिने कुरा ठिकै हो, तर त्यो अपुग भएको भन्दै वंशजको नागरिकता दिनुपर्ने माग न्यायसंगत होइन।

ब्रिटिश गोरखा सन्दर्भ तर्फ संकेत गर्दै उनले दोहोरो नागरिकताको सम्भावना प्रति पनि चिन्ता व्यक्त गरे। “ब्रिटिश गोरखाको हकमा पनि वंशजको नागरिकता दुवै देशबाट लिने छुट छैन, यस विषयमा संसदमा मतदान हुनुपर्छ। मेरो मत एक्लै परे पनि फरक पर्दैन, तर भावना देखाएर निर्णय गर्नु हुँदैन।” उनले बताए।

उनले गैरआवासीय नेपालीसम्बन्धी प्रस्तावमा संवेदनशीलता जरुरी रहेको र दीर्घकालीन असरलाई ध्यानमा राखेर मात्र निर्णय लिनु पर्ने पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४