३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा

३१ जेष्ठ २०८२, शुक्रबार १५:०८
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्कने अपेक्षा व्यक्त गर्नुभएको छ ।
सङ्घीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउँदै उहाँले आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नेपालका मित्रराष्ट्र तथा विश्व समुदायसँग कूटनीतिक सक्रियता बढाएको बताउनुभएको हो ।
मन्त्री डा राणाले भन्नुभयो, “कूटनीति भनेको एउटा प्रक्रिया हो । आजको आजै यसबाट प्रतिफल हात लागिहाल्ने पनि होइन । विश्व समुदाय, अन्तरराष्ट्रिय मञ्चहरू तथा द्विपक्षीय एवं बहुपक्षीय भेटहरूमा नेपालको सहभागिता र संलग्नता बढाई आफ्ना मुद्दा स्थापित गर्ने प्रयास गरिरहेका छौँ । प्रतिफल राम्रै निस्कने छ भन्ने मलाई विश्वास छ ।”
सांसदहरूका प्रश्नको जवाफमा मन्त्री डा राणाले सगरमाथा संवादको आयोजना गरेर जलवायु परिवर्तनका कारण समस्यामा परेको नेपालले यससम्बन्धी आफ्नो ‘एजेन्डा’लाई विश्व समुदायमा स्थापित गर्ने काम गरेको बताउनुभयो । कोप ३० देखि आगामी दिनमा विश्वमा आयोजना हुने जलवायुसम्बन्धी कार्यक्रममा सगरमाथा संवादमार्फत पारित कार्ययोजनालाई नै अघि सारिने जानकारी दिँदै उहाँले सगरमाथा संवादमा नेपालका छिमेकी राष्ट्र भारत र चीनलगायत कैयौँ देश र अन्तरराष्ट्रिय सङ्घ–सङ्गठनको सहभागिता एवं नेपालका मुद्दामा साथ र सहयोग गर्ने प्रतिबद्धता पनि नेपालको कूटनीतिक उपलब्धि हो भन्नुभयो ।
नेपालको श्रम गन्तव्य नरहेका र अवैध रूपमा विदेश पुगेका नेपालीका सम्बन्धमा गृह र श्रम तथा रोजगार मन्त्रालयसँगको समन्वयमा काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । मन्त्री डा राणाले विश्वका कुनै पनि मुलुकमा रहेका नेपाली नागरिकलाई आवश्यक सेवाका लागि ‘पासपोर्ट’ तथा ‘कन्सुलर’ सेवाका टोली खटाएर सेवा दिइएको बताउनुभयो । “नेपालको परराष्ट्र नीतिलाई थप अब्बल र विस्तारित बनाउन तथा विश्वमा विकसित विभिन्न परिस्थितिका कारण नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवासमेत प्रदान गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्थासहितको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर दरबन्दी थप गरी सेवा प्रदान गरिएको छ”, त्यस अवसरमा उहाँले जानकारी दिनुभयो ।
मन्त्री डा राणाले अन्तरराष्ट्रियस्तरमा देखिएको राजनीतिक परिवेशका कारण सहयोगका ‘मोडालिटी’ मा पनि परिवर्तन हुने अवस्था देखिएका भन्दै नेपालले अघि बढाउने कूटनीतिक पहलहरूमा पनि अब विचार गर्नुपर्ने अवस्था रहेको संसदीय समितिमा जानकारी गराउनुभयो ।
———

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’