२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’

२०८२, ३१ जेष्ठ शुक्रबार १५:२०

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूले मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका दलहरूबीच सहकार्यको खाँचो औँल्याउनुएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै जनअपेक्षा पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद नारायणदत्त मिश्रले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सदनमा एकापसमा अरोपप्रत्यारोपमा उत्रँदा लोकतन्त्रविरोधी शक्तिले चलखेल गर्ने स्थान पाएको बताउनुभयो । सांसद मदनकुमारी शाह (गरिमा)ले राजनीतिक परिवर्तनका लागि सहकार्य गरेका दलहरूले मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका लागि पनि हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद जगप्रसाद शर्माले राजनीतिक परिवर्तन पछिको नयाँ अर्थव् यवस्था विभिन्न समस्यामा अल्झेको उल्लेख गर्दै सार्वजनिक–निजी साझेदारीमा जोड दिनुपर्ने बताउनुभयो । सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशका जनताले आधारभूत सेवा प्राप्त गर्न नसकेको भन्दै त्यहाँ शिक्षा, स्वास्थ्य, रोजगार, यातायातलगायत सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनभुयो ।

सांसद गोपीबहादुर सार्की अछामीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मोरङमा मेडिकल कलेज सञ्चालनका लागि योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद तुलसाकुमारी दाहालले पछिल्लो केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएकाले आवश्यक पूर्वतयारी गर्न सरकारसँग माग गर्नुभयो ।

सभा सदस्यहरूले बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन