२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

धरानको ‘श्रमदान’ अभियानमाथि प्रश्न : डोर हाजिरी भराएर बील पेस

३ असार २०८२, मंगलवार १५:५८

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङको चर्चित ‘श्रमदान’ अभियानमाथि अब प्रश्न उठ्न थालेका छन्। श्रमदानका नाममा आफूनिकट समर्थकलाई बोलाएर डोर हाजिरी फाराम भराई उपमहानगरबाट भुक्तानी माग गरिएको पाइएको छ।

सर्दु खोला नियन्त्रण अभियान अन्तर्गत धरान–१६ मा साम्पाङको नेतृत्वमा भएको श्रमदान कार्यक्रममा सहभागी १५ जनाका लागि १ लाख ४८ हजार रुपैयाँ बराबरको बील पेस गरिएको छ। तर उपमेयर आइन्द्रविक्रम बेघाले निकासा रोक्दा विवाद चर्किएको हो।

निकासा रोकिएको खबर सार्वजनिक भएपछि सोमबार कार्यालयमै उपमेयरमाथि साम्पाङ समर्थकहरूले अभद्र व्यवहार र हातपातको प्रयास गरेका थिए।

साम्पाङले चलाएका अन्य श्रमदान परियोजनाहरू जस्तै बहुभाषिक विद्यालय संरक्षण, साबुन फ्याक्ट्री, बेसार उद्योग—मा पनि डोर हाजिरी सहित बील पेस गरिएकोकुरा बाहिरिएको छ। डोर हाजिरीमा सामेल अधिकांश व्यक्ति मेयर समर्थक वा निकट मानिने रहेको छ।

साम्पाङले भने श्रमदानमार्फतै ठूलो परिमाणको काम कम लागतमा सम्पन्न हुने दाबी गर्दै आएका छन्। उनले डोर हाजिरी फाराम ‘मूल्यांकनका लागि आवश्यक दस्तावेज’ भएको स्पष्टिकरण दिएका छन्।

फेसबुक भिडिओमार्फत उनले भने, ‘श्रमदान भन्ने, भुक्तानी लिने भन्दै अफवाह फैलाइरहेका छन् केही विरोधीहरू । सम्बन्धित दलकै साथीहरू । यति बराबरको योगदान श्रमदाताले गर्‍यो भन्ने हाम्रो प्रक्रिया हुन्छ । १० लाखको श्रमदान र ७ लाखको तारको जाली किन्यो भन्ने कसरी मूल्यांकन गर्ने त ? त्यसको लागि उठाइएको हो । टिप्पणीमा श्रमदाताले भुक्तानी नलिने भन्ने लेखिएको छ । अरु पनि थुप्रै काम गरेका छौं । यति रकम बराबरको काम श्रमदानबाट गरियो भन्ने रेकर्ड राख्न गरिएको हो । पार्टीगत इगो र बिगार्ने/बिग्रिने खालको काम नगर्नुस् । लेखामा आएर हेर्दा हुन्छ रेकर्ड’, उनको प्रष्टीकरण दिए ।

 

प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँले विषयमा आधिकारिक जानकारी नभएको बताए। उनका अनुसार उपभोक्ता समितिमार्फत योजना सञ्चालन गर्दा डोर हाजिरीको प्रक्रिया प्राविधिक मूल्यांकनका लागि प्रयोग हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव