८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंसिरको अन्तिममा बहुमतको सरकार बनाउँछौं: पाण्डे

२० भाद्र २०७४, मंगलवार ०८:४३

भदौ २०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले २ नम्बर प्रदेशको चुनावमा पहिलो हुनबाट एमालेलाई दुनियाँको कुनै शक्तिले रोक्न नसक्ने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पाण्डेले भने,‘यसअघिका दुई चरणका निर्वाचनमा पनि एमाले पहिलो भैसकेको छ, अबको निर्वाचनमा पनि पहिलो हुने आधार भनेको यही हो, २ नम्बर प्रदेशमा पनि हामी पहिलो हुन्छौं, दुनियाँको कुनैपनि अदृश्य शक्तिले अब हाम्रो पार्टीलाई पहिलो हुनबाट रोक्न सक्दैन्।’

एमालेलाई आफ्नो मत दिएर पहिलो शक्तिको रुपमा स्थापित गराउन जनता आँतुर रहेको उल्लेख गर्दै उनले भने,‘एमालेलाई जिताउन जनता आँतुर छन्, २ नम्बर प्रदेशको निर्वाचनमा मात्रै होईन, प्रदेश र केन्द्रिय संसदको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुन्छ ।’

पाण्डेले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पार्टीले बहुमत सिट संख्या ल्याउने दाबी गरेका हुन् । उनले भने,‘दुनियाँको कुनै तागदले रोक्न सक्दैन्, ०७४ को मंसिरको अन्त्यतिर एमालेले बहुमतको सरकार बनाउँछ।’

नेता पाण्डेले राजमार्गको छेउमा एमालेले अत्यधिक बहुमत हाँसिल गर्ने देखेर डराएर कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्ने तयारी गरेको आरोप लगाए । उनले थपे,‘जो जो मिलेपनि ती क्षेत्रमा पनि एमालेले एक्लैले अत्यधिक बुहमतका साथ जित्छ।’ अदृश्य शक्तिको दबाबमा कांग्रेस–माओवादी केन्द्रले चुनावी तालमेल गरेपनि एमाले दुई पार्टीले तालमेल गरेको ठाउँमा पनि एमाले पराजित नहुने उनले ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता