१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर असुलीमा कडाइका साथ प्रस्तुत हुन कर्मचारीलाई आग्रह

२० भाद्र २०७४, मंगलवार १०:४९

भदौ २०, काठमाडौँ। आन्तरिक राजस्व कार्यालयले साउन र भदौमा सरकारी राजस्व सन्तोषजनक रुपमा जम्मा नभएको बताएको छ । 

गत आवमा लक्ष्यभन्दा १११ प्रतिशत राजस्व संकलन भएको थियो । कुल गार्हस्थ्य उत्पादनमा राजस्वको अंश २३.०४ प्रतिशत छ । गत वर्ष रु दुई खर्ब ५८ अर्ब राजस्व जम्मा भएको थियो । 

साउन २७, २८ र २९ गतेको अविरल वर्षा र वैशाख २१ र जेठ १४ गते सम्पन्न स्थानीय तह निर्वाचनका कारण सन्तोषजनक राजस्व संकलन हुन नसकेको हो । प्रदेश नं २ अन्तर्गत तराईका आठ जिल्लामा हुन गइरहेको तेस्रो चरणको स्थानीय निर्वाचन र मंसिर १० र २१ गते तय भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका कारण आर्थिक गतिविधिमा केही कमी आउन सक्ने हुँदा राजस्व संकलनमा गिरावट आउन सक्ने सम्भावना रहेको बताइन्छ । 

निर्वाचनमा नगद प्रभाव बढी हुन्छ । सो बेला सरकारी निकायको ध्यान निर्वाचनमा आर्कषित हुन्छ । सोही कारणको फाइदा उठाउँदै सम्बद्ध व्यक्तिले बिल जारी नगर्ने समस्या देखिन्छ । बिल जारी नहुँदा आधिकारिक कारोबार नदेखिने र राजस्व गुम हुने गर्छ । 

आन्तरिक राजस्व विभागले चालु आव २०७४÷७५ का लागि राजस्व कति ? कसरी ? र करको दायरा कुनरुपमा फराकिलो पार्ने भन्ने प्रतिबद्धता भदौ २१ गते सार्वजनिक गर्दैछ । आज विभागले ‘गौरवका साथ तिरौँ कर–समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उच्च दिगो आर्थिक वृद्धिदर हासिल गर्न कर प्रशासन चुस्त हुनुपर्ने बताउनुभयो । उहाँले राजस्व चुहावट हुन नदिन अर्थमन्त्रालयसँग आबद्ध कर्मचारीलाई निर्देशन दिँदै सदाचारिता र अनुशासित हुन आग्रह गर्नुभयो । 

अर्थराज्यमन्त्री उदयशम्शेर राणले राजस्व विभागका कर्मचारीलाई करदातालाई आतंकित गरेर नभइ बुझाएर करसंकलन गर्न आग्रह गर्नुभयो । उहाँले कर प्रशासन तुलनात्मकरुपमा सुधार भए पनि अपेक्षाकृत रुपमा सुधार हुन नसक्नुले करदातामा वितृष्ण फैलिँदै गएको बताउनुभयो । 

प्रत्येक वर्ष आर्थिक मसान्त सकिएपछि आन्तरिक राजस्व विभागले कर प्रशासनमा भविष्यको रणनीति, समीक्षा, गुनासा, योजना, लक्ष्य, विगतको समीक्षा र विश्लेषण गर्ने गर्छ सोही सन्र्दभमा उक्त कार्यक्रमको आयोजना भएको हो । 

कार्यक्रममा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले मुलुकको खर्च धान्न नसक्ने गरी बढिरहेको अवस्थामा कर असुलीमा कडाइका साथ प्रस्तुत हुन मातहतका कर्मचारीलाई आग्रह गर्नुभयो । राजस्व सचिव शिशिरकुमार ढुंगानाले कर बक्यौता उठाउन र टिडिएस करमा ध्यान दिनुपर्ने आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायतले विभाग र करदाताबीचको एकताबाट मात्र राजस्व संकलनमा मद्दत पुग्ने धारण राख्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन