मोहम्मद ईजहार शेष/भदौ २०, नवलपरासी । नेपाल लोकतान्त्रिक फोरमलाई नवलपरासीवाट ठुलो झट्का लागेको छ । 

पार्टिका केन्द्रिय सदस्य उमेश यादवले पार्टी पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/भदौ २०, नवलपरासी । नेपाल लोकतान्त्रिक फोरमलाई नवलपरासीवाट ठुलो झट्का लागेको छ । 

पार्टिका केन्द्रिय सदस्य उमेश यादवले पार्टी पर"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरम नवलपरासीलाई ठुलो झटका, केन्द्रिय नेताद्धारा राजिनामा

२० भाद्र २०७४, मंगलवार ११:३३


मोहम्मद ईजहार शेष/भदौ २०, नवलपरासी । नेपाल लोकतान्त्रिक फोरमलाई नवलपरासीवाट ठुलो झट्का लागेको छ । 

पार्टिका केन्द्रिय सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेसँगै फोरम भित्र जिल्लामा खैलाबैला मचेको छ ।  प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकै मुखमा तमाम कार्यकर्ता सहित पार्टि परित्याग गरेको यादवले एक बिज्ञप्ती मार्फत जानकारी गराएका छन्  । 

प्रतापपुर गाउँपालिका ७ बस्ने यादव पार्टीको कार्यशैली प्रति असन्तुष्ट रहेको र यो बिषयमा केन्द्रिय समितिलाई समेत जानकारी गराउदा नेतृत्व तहपनि केही सुनवाई नगरिएकोले पार्टी परित्याग गर्नुपरेको बताउनु भएको छ  । नेता यादवले जारी गरेको बिज्ञप्तीमा  पार्टीको जिल्ला तहको कार्यशैलीप्रति चरम असन्तुष्टि देखिएको छ ।

स्रोतका अनुसार नेता यादव नेपाली कांग्रेसमा प्रवेश गर्ने बताईएको छ । 

यद्यपी उँहाले भने यो बिषयमा अझै केही बोल्नु भएको छैन । यता चुनावको मुखमै पार्टी परित्याग गरि टिकटका लागि कांग्रेसमा प्रवेश गर्ने भन्ने उँहाको समेत भएको छ । नेता यादव कांग्रेसमा प्रवेश गरे प्रतापपुर र सुस्ताका प्रदेश सभा निर्वाचन क्षेत्रमा बिधायकका लागि टिकटमा दावी गर्ने बुझिएको छ । तर विधायकका लागि सो क्षेत्रमा कांग्रसमा आकान्छी धेरै भएकाले यादव बिधायकको टिकट पाए पुनः कांग्रेसमा समेत खैलाबैला मच्ने सार्वसाधरणले आंकलन गरेका छन् ।  

यता नेपाल लोकतान्त्रिक फोरमको आजै बसेको जिल्ला कार्य समितिको बैठकले नेता यादवलाई साधरण सदस्य समेत नरह्ने गरि पार्टीवाट निष्कासन गरेको एक बिज्ञप्ती मार्फत जनाएको छ । 

पार्टीका जिल्ला अध्यक्ष सुबासचन्द्र गिरीद्धारा जारी बिज्ञप्तीमा नेता यादव सहित जिल्ला सदस्य बिस्मील्लाह अन्सारीलाई पार्टीबाट निष्कासन गरेको जनाईएको छ । नेता यादव र अन्सारी पार्टीको नीति र सिद्धान्त बिपरित काम गरेकाले निष्कासन गरिएको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता