८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा उम्मेदवार छनौटमा विवाद हुँदा खुकुरी हानाहान, १० घाइते

२१ भाद्र २०७४, बुधबार ०७:२५

भदौ २१, सिरहा । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा उम्मेदवार छनौटको बिषयमा विवाद हुँदा खुकुरी हानाहान भएको छ । 

दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो ।


घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

कांग्रेसले सिरहा नगरपालिकाकमा नेपाली कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष सितादेवी यादवका छोरा डा. सुभाषचन्द्र यादवलाई मेयरको टिकट दिएको छ । सिरहा नगरपालिका पूर्वउपमेयर समेत रहेका उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्षसम्म दाबी गर्दै आएका थिए । 

कोषाध्यक्ष सीतादेवीका छोरालाई टिकट दिइएपछि उपेन्द्र पक्षले पार्टी कार्यालय घेराउ गर्ने क्रममा दुवै पक्षबीच खुकुरी हानाहान भएको प्रहरीले स्रोतले बताएको छ । अहिले झडपस्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता