भदौ २१, काठमाडौ । स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, काठमाडौ । स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आ"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नम्बर २ मा उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहपूर्ण

२०७४, २१ भाद्र बुधबार ०७:४९

भदौ २१, काठमाडौ । स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार ती जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फाराम लैजाने र मनोनयन दर्ता गराउने कार्य भइरहेको छ।

बिहान १० बजेदेखि आठ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका कार्यकता तथा उम्मेदवारको सहयोगी र समर्थकको बाक्लो उपस्थितिमा उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउन फारम लिने र दर्ता गर्नेको निर्वाचन अधिकृतको कार्यालयअगाडि बिहानदेखि नै भीड लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फारम लैजाने र मनोनयन दर्ता गराउने कार्य सुचारु ढङ्गबाट भइरहेको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको हो। 

आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ। यस निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने आयोगका प्रवक्ता ढकालले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने