भदौ २१, सिरहा । नेपाली कांग्रेसका सांसद रामचन्द्र यादव आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।
स्थानीय चुनावको टिकट वितरणलाई लिएर यादव कुटिएका हुन् । सिरहा नगरपालिकाको टिकटलाई लिएर कांग्रेसमा डा सुभाषचन्द्र यादव र उपेन्द्र यादव समूहबीच विवाद थियो । बुधबार विहान भएको छलफलमा डा सुभाषचन्द्रलाई मेयर र उपेन्द्र यादव समूहबाट उपमेयरको उम्मेदवार तय भयो ।
डा सुभाषचन्द्रका समर्थकले टिकट वितरणमा ढिला गरेको र सबै टिकट आफ्नो पक्षले पाउनु पर्ने भन्दै कोठाभित्रै आएर कुटपिट गरेको यादवले जानकारी दिए ।
लगतै सुभाषचन्द्र र उपेन्द्रको समूहबीच रडका साथै खुकुरी हानाहान भएको छ । झडपका क्रममा क्षेत्रीय सभापतिसहित १० जना घाइते भएका छन् ।