भदौ २१, नगरकोट। नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले स्थानीय तहको तेस्रोचरणको निर्वाचनका साथै प्रदेश र संसद्को निर्वाचनमा आफ्नो दल पहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, नगरकोट। नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले स्थानीय तहको तेस्रोचरणको निर्वाचनका साथै प्रदेश र संसद्को निर्वाचनमा आफ्नो दल पहि"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश र संसद्को निर्वाचनमा एमाले पहिलो बन्छ : नेता पाण्डे

२१ भाद्र २०७४, बुधबार ११:३४

भदौ २१, नगरकोट। नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले स्थानीय तहको तेस्रोचरणको निर्वाचनका साथै प्रदेश र संसद्को निर्वाचनमा आफ्नो दल पहिलो पार्टी हुने दाबी गर्नुभएको छ । 

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेकपा एमाले बाहेक अरु राजनीतिक दल नेपालको समृद्धि र विकासमा उदासिन रहेको आरोप लगाउँदै उहाँले नेपालको समृद्धिका लागि नेकपा एमाले नै पहिलो शक्ति हुने बताउनुभएको हो । 

नेता पाण्डेले तनवटै तहका निर्वाचनमा जीत हासिल गर्ने दाबी गर्दै आगामी मंसिरको अन्तिम साता नेकपा एमालेको बहुमतको सरकार निर्माण हुने ठोकुवा समेत गर्नुभयो । 

वैदेशिक चलखेलकै कारण नेपालमा तत्कालीन सरकारले ल्याएका विकासका कार्यक्रम अहिलेसम्म पनि कार्यान्वयनमा आउन नसकी थन्किरहेको गुनासो गर्नुभयो 

सरकारले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायलाई सहयोग नगरेका कारण नेपालमा तस्करी र भ्रष्ट्राचार मौलाउँदै गएको छ भन्दै उहाँले आफ्नो दलले भने भ्रष्टाचारलाई प्रश्रय नदिने र भ्रष्ट्राचार गरेकालाई नछोड्ने भएकाले नै इतिहासमा एमालेका नेतामाथि भ्रष्ट्राचारको दाग नलागेको बताउनु भयो । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता