८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निःस्वार्थ भावनाले काम गर्न टेलिकमका कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

२१ भाद्र २०७४, बुधबार १२:०८

भदौ२१, काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमका कर्मचारीलाई संस्था र जनताको पक्षमा कसैको दबाबमा नपरी निःस्वार्थ भावनाले काम गर्न निर्देशन दिनुभएको छ । 

टेलिकमद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा मन्त्री बस्नेतले जनतालाई प्रत्यक्ष लाभ हुने गरी अनुशासित ढंगबाट काम गर्न टेलिकमका केन्द्रीय र विभिन्न क्षेत्रका कर्मचारीलाई निर्देशन दिनुभएको हो । 

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बस्नेतले टेलिकमको ग्र्राहक संख्या, प्रचार-प्रसार र आम्दानीमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले सही मान्छेलाई सही ठाउँ दिनुका साथै गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था गर्ने बताउनुभयो । 

विसं २०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ७४ लाख ४२ हजार ९२२ रहेको छ । इन्टरनेट ग्राहक आधार २०७४ जेठसम्ममा ८३ लाख ९५ हजार पुगेको छ । 

कार्यक्रममा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले टेलिकममा देखिएका ढिलासुस्तीबाट फड्को मार्दै योजनाबद्ध ढंगबाट सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । टेलिकमका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले नेपाल टेलिकमको टावर नै नभएको गुनासो बढ्दै गएको हुँदा जतिसक्दो चाँडो त्यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

टेलिकमले उपभोक्ता वर्गको अपेक्षाअनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिन चालु आवमा विभिन्न कार्यक्रममार्फत आफ्नो सेवा विस्तारतर्फ १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य लिएको छ । कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब रु २२ अर्ब पूँजीगत लगानी गर्ने योजना रहेको टेलिकमको भनाइ छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जतिसक्दो चाँडो गाउँगाउँमा इन्टरनेट पु¥याउने उद्देश्यले प्राधिकरणले त्यस सम्वन्धी कामलाई तिब्रताका साथ अगाडि बढाएको जानकारी दिनुभयो । 

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमले अहिलेसम्म ग्राहकको माग अनुसार सेवा प्रदान गर्दै आएको र आगामी दिनमा समेत ग्राहकको चाहनाअनुसार अगाडि बढ्ने बताउनुभयो । 

चालु आवमा टेलिकमको मुनाफा रु १५ अर्बभन्दा बढी हुने अपेक्षा गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता