भदौ २२, नवलपरासी । राजपा नेपालका अध्यक्ष मण्डलका नेता हृदेश त्रिपाठीले सिंहदरबारले गाँउघरको अधिकारलाई कब्जा गरेको टिप्पणी गर्नु भएको छ । 

लाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २२, नवलपरासी । राजपा नेपालका अध्यक्ष मण्डलका नेता हृदेश त्रिपाठीले सिंहदरबारले गाँउघरको अधिकारलाई कब्जा गरेको टिप्पणी गर्नु भएको छ । 

लाम"/>

२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबारले स्थानीय तह कब्जा गर्यो: त्रिपाठी

२०७४, २२ भाद्र बिहीबार ०६:३३


भदौ २२, नवलपरासी । राजपा नेपालका अध्यक्ष मण्डलका नेता हृदेश त्रिपाठीले सिंहदरबारले गाँउघरको अधिकारलाई कब्जा गरेको टिप्पणी गर्नु भएको छ । 

लामो समयको स्थानीय तहको चुनावले घरघरमा सिंहदरबार भन्ने नारालाई अन्य पार्टीले चर्चा चलाईरहेकै बेला नेता त्रिपाठीले ठिक बिपरित धुर्वबाट त्यस्को आलोचना गर्नु भएको छ । 

बुधबार गृह जिल्ला नवलपरासीको बेलाटारीमा राजपा क्षेत्र नं.६ ले आयोजना गरेको कार्यकर्ता घेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता त्रिपाठीले यस्तो बिचार ब्यक्त गर्नु भएको हो । हरेक स्थानीय तहमा खटिने कर्मचारी नियुक्ति, सरुवा तथा बढुवाका लागि सिंहदरबारकै हाथ रहेको उँहाले बताउनु भयो । 

आलोचित हुने अधिकारहरु मात्रै निर्वाचित प्रतिनिधिलाई दिईएको भन्दै नेता त्रिपाठीले गाउँघरको अधिकार सिंहदरबार भन्ने नाराले सर्वसाधरणमा भ्रम मात्र छरेको आरोप लगाउनु भयो । कार्यक्रममा उँहाले ६ दल एकिकरण भई राजपा नेपाल बनेपनि एकिकृत हुन नसकेको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभयो ।

वडाध्यक्ष राजपामा प्रवेश

कार्यक्रममा प्रतापपुर गाउँपालिका–४ का वडाध्यक्ष जन्त्री प्रसाद बरई ( चौरसीया ) सहित अन्य पार्टीका केही कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । वडाध्यक्ष बरई प्रतापपुर–४ मा नेपाल लोकतान्त्रिक फोरमवाट उमेदवारी दिई बिजयी बन्नु भएको थियो ।

स्थानीय तहको चुनावमा वडाध्यक्ष बरईले ६७६ मत प्राप्त गर्नु भएको थियो । यस्तै सो वडामा कांग्रेसका बन्धु बरईले ४६९, माओबादीका मनोज कुमारले २७९ र एमालेबाट बागमनी देवी मल्ले ४९ मत प्राप्त गर्नु भएको थियो । 

राजपाका क्षेत्रीय अध्यक्ष रामपृत यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु शुबहान अलि अन्सारी, पुरन चौधरी, रामअवतार कोईरी, राजपाका जिल्ला नेता मुकुर्जी गिरी लगायतले अगामि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा राजपालाई जिताउनका लागि रणनितिक योजनाका साथ लाग्नुपर्नेमा जोड दिनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो