भदौ २२, नवलपरासी । राजपा नेपालका अध्यक्ष मण्डलका नेता हृदेश त्रिपाठीले सिंहदरबारले गाँउघरको अधिकारलाई कब्जा गरेको टिप्पणी गर्नु भएको छ । 

लाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २२, नवलपरासी । राजपा नेपालका अध्यक्ष मण्डलका नेता हृदेश त्रिपाठीले सिंहदरबारले गाँउघरको अधिकारलाई कब्जा गरेको टिप्पणी गर्नु भएको छ । 

लाम"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबारले स्थानीय तह कब्जा गर्यो: त्रिपाठी

२२ भाद्र २०७४, बिहीबार ०६:३३


भदौ २२, नवलपरासी । राजपा नेपालका अध्यक्ष मण्डलका नेता हृदेश त्रिपाठीले सिंहदरबारले गाँउघरको अधिकारलाई कब्जा गरेको टिप्पणी गर्नु भएको छ । 

लामो समयको स्थानीय तहको चुनावले घरघरमा सिंहदरबार भन्ने नारालाई अन्य पार्टीले चर्चा चलाईरहेकै बेला नेता त्रिपाठीले ठिक बिपरित धुर्वबाट त्यस्को आलोचना गर्नु भएको छ । 

बुधबार गृह जिल्ला नवलपरासीको बेलाटारीमा राजपा क्षेत्र नं.६ ले आयोजना गरेको कार्यकर्ता घेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता त्रिपाठीले यस्तो बिचार ब्यक्त गर्नु भएको हो । हरेक स्थानीय तहमा खटिने कर्मचारी नियुक्ति, सरुवा तथा बढुवाका लागि सिंहदरबारकै हाथ रहेको उँहाले बताउनु भयो । 

आलोचित हुने अधिकारहरु मात्रै निर्वाचित प्रतिनिधिलाई दिईएको भन्दै नेता त्रिपाठीले गाउँघरको अधिकार सिंहदरबार भन्ने नाराले सर्वसाधरणमा भ्रम मात्र छरेको आरोप लगाउनु भयो । कार्यक्रममा उँहाले ६ दल एकिकरण भई राजपा नेपाल बनेपनि एकिकृत हुन नसकेको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभयो ।

वडाध्यक्ष राजपामा प्रवेश

कार्यक्रममा प्रतापपुर गाउँपालिका–४ का वडाध्यक्ष जन्त्री प्रसाद बरई ( चौरसीया ) सहित अन्य पार्टीका केही कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । वडाध्यक्ष बरई प्रतापपुर–४ मा नेपाल लोकतान्त्रिक फोरमवाट उमेदवारी दिई बिजयी बन्नु भएको थियो ।

स्थानीय तहको चुनावमा वडाध्यक्ष बरईले ६७६ मत प्राप्त गर्नु भएको थियो । यस्तै सो वडामा कांग्रेसका बन्धु बरईले ४६९, माओबादीका मनोज कुमारले २७९ र एमालेबाट बागमनी देवी मल्ले ४९ मत प्राप्त गर्नु भएको थियो । 

राजपाका क्षेत्रीय अध्यक्ष रामपृत यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु शुबहान अलि अन्सारी, पुरन चौधरी, रामअवतार कोईरी, राजपाका जिल्ला नेता मुकुर्जी गिरी लगायतले अगामि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा राजपालाई जिताउनका लागि रणनितिक योजनाका साथ लाग्नुपर्नेमा जोड दिनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता