८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

राज्यमन्त्री प्रसाँईद्वारा कृषि गोदामघर निरीक्षण

२२ भाद्र २०७४, बिहीबार ०७:२९

भदौ २२, झापा। कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ झापामा सञ्चालित कार्यक्रमबाट स्थानीय कृषकमात्र नभई समग्र राष्ट्रलाई फाइदा हुने बताउनुभएको छ । 

झापाको कचनकवलस्थित पोष्ट हार्भेष्ट सेन्टर (गोदाम घर) तथा कष्टम हायरिङअन्तर्गतका कृषि औजार एवं उपकरणको बुधबार निरीक्षण एवं अवलोकन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

कृषि राज्यमन्त्री प्रसार्इंले परियोजनाले स्थानीयस्तरमा भविष्यमा ठूलो योगदान दिने चर्चा गर्दै एक वर्षको अवधिमा सुपरजोन कार्यक्रमअन्तर्गत भएका प्रगतिको सराहना गर्नुभयो । 

परियोजनाको महत्व एवं उपादेयताको बारेमा आम नागरिक तथा किसान सुसूचित हुनुपर्ने धारणा राख्दै राज्यमन्त्री प्रसार्इंले परियोजनाको कार्य क्षेत्र अझ विस्तार हुनसकेमा आम किसान लाभान्वित हुने कुरामा जोड दिनुभयो । 

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्रभू बुढाथोकीले कृषि क्षेत्रबाट आम किसानलाई पर्याप्त फाइदा दिन सरकारले सुपरजोनको धारणा ल्याएको बताउँदै कृषकको माग र आवश्यकता पूरा गर्न अझ मेहनत गर्नुपर्ने सुझाव दिनुभयो । 

कृषि विकास मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्कीले परियोजनाले कृषि क्षेत्रमा देखिने सबै किसिमको समस्या समाधान गर्ने कुरा जोड दिनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ, झापाका सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा सञ्चालक समितिका उपसंयोजक चिन्तामणि खरेलले पनि बोल्नुभएको थियो । 

यसैगरी, कृषि राज्यमन्त्री सरिता प्रसार्इंले झापाको बनियानीस्थित सुपरजोन कार्यालयको निरीक्षण एवं अवलोकन गर्नुभयो भने सो अवसरमा कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले कार्यालयको गतिविधिका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । 

साथै, कृषि राज्यमन्त्री प्रसार्इंले झापाको बिर्तामोडस्थित पूवार्ध डेरी उद्योगको निरीक्षण एवं अवलोकन गर्नुभयो भने नेपाल अलैँची व्यवसायी महासंघ, केन्द्रीय कार्यालय, बिर्तामोड, झापाले राज्यमन्त्री प्रसार्इंलाई स्वागत एवं सम्मान पनि गरेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता