२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

राज्यमन्त्री प्रसाँईद्वारा कृषि गोदामघर निरीक्षण

२०७४, २२ भाद्र बिहीबार ०७:२९

भदौ २२, झापा। कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ झापामा सञ्चालित कार्यक्रमबाट स्थानीय कृषकमात्र नभई समग्र राष्ट्रलाई फाइदा हुने बताउनुभएको छ । 

झापाको कचनकवलस्थित पोष्ट हार्भेष्ट सेन्टर (गोदाम घर) तथा कष्टम हायरिङअन्तर्गतका कृषि औजार एवं उपकरणको बुधबार निरीक्षण एवं अवलोकन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

कृषि राज्यमन्त्री प्रसार्इंले परियोजनाले स्थानीयस्तरमा भविष्यमा ठूलो योगदान दिने चर्चा गर्दै एक वर्षको अवधिमा सुपरजोन कार्यक्रमअन्तर्गत भएका प्रगतिको सराहना गर्नुभयो । 

परियोजनाको महत्व एवं उपादेयताको बारेमा आम नागरिक तथा किसान सुसूचित हुनुपर्ने धारणा राख्दै राज्यमन्त्री प्रसार्इंले परियोजनाको कार्य क्षेत्र अझ विस्तार हुनसकेमा आम किसान लाभान्वित हुने कुरामा जोड दिनुभयो । 

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्रभू बुढाथोकीले कृषि क्षेत्रबाट आम किसानलाई पर्याप्त फाइदा दिन सरकारले सुपरजोनको धारणा ल्याएको बताउँदै कृषकको माग र आवश्यकता पूरा गर्न अझ मेहनत गर्नुपर्ने सुझाव दिनुभयो । 

कृषि विकास मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्कीले परियोजनाले कृषि क्षेत्रमा देखिने सबै किसिमको समस्या समाधान गर्ने कुरा जोड दिनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ, झापाका सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा सञ्चालक समितिका उपसंयोजक चिन्तामणि खरेलले पनि बोल्नुभएको थियो । 

यसैगरी, कृषि राज्यमन्त्री सरिता प्रसार्इंले झापाको बनियानीस्थित सुपरजोन कार्यालयको निरीक्षण एवं अवलोकन गर्नुभयो भने सो अवसरमा कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले कार्यालयको गतिविधिका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । 

साथै, कृषि राज्यमन्त्री प्रसार्इंले झापाको बिर्तामोडस्थित पूवार्ध डेरी उद्योगको निरीक्षण एवं अवलोकन गर्नुभयो भने नेपाल अलैँची व्यवसायी महासंघ, केन्द्रीय कार्यालय, बिर्तामोड, झापाले राज्यमन्त्री प्रसार्इंलाई स्वागत एवं सम्मान पनि गरेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने