भदौ २२, काठमाडौँ । ऊर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनिहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, काठमाडौँ । ऊर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनिहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्माणाधिन जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन

२२ भाद्र २०७४, बिहीबार १०:२४

भदौ २२, काठमाडौँ । ऊर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनिहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

जलविद्युत आयोजनाहरुको पछिल्लो अबश्थाबारे जानकारी लिन मन्त्रालयले आयोजना गरेको बैठकमा ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले जलविद्युत आयोजनाहरुमा देखिएको समस्याबारे आफूले पहल गर्ने भन्दै गंभीरतापूर्वक तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जलविद्युत आयोजनाहरु समयभित्रै सम्पन्न भए माग अनुसारको विद्युत आपूर्ती गर्न सकिने बताउनुभयो । नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गत रहेका ११ वटा जलविद्युत आयोजनाहरुका प्रमुखहरुसंग आयोजनाहरुको प्रगति विवरणबारे मन्त्री शाहीले जानकारी लिनुभएको थियो ।

सरकारी लगानीमा माथिल्लो तामाकोशी , चमेलिया , कुलेखानी तेस्रो , रहूघाट, माथिल्लो त्रिशुली थ्रि ए , तल्लो सन्जेन , माथिल्लो सन्जेन , रसुवागादी , मध्ये भोटेकोशी , तनहुँ र माथिल्लो त्रिशुली थ्री बि जलविद्युत आयोजनाहरु निर्माण भईरहेका छन् ।

यी आयोजनाका प्रमुखहरुले  बैठकमा वन , स्थानीय जनताको मुआब्जा वितरण र ठेकेदारबाट देखीएका समस्याहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता