भदौ २२, काठमाडौं । राजपा नेपालका एक प्रभावशाली नेता  एमाले प्रवेशको तयारीमा लागेका छन्  । 

सर्लाहीबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २२, काठमाडौं । राजपा नेपालका एक प्रभावशाली नेता  एमाले प्रवेशको तयारीमा लागेका छन्  । 

सर्लाहीबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रह"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाका महासचिव एमालेमा प्रवेश गर्दै

२२ भाद्र २०७४, बिहीबार १०:३४


भदौ २२, काठमाडौं । राजपा नेपालका एक प्रभावशाली नेता  एमाले प्रवेशको तयारीमा लागेका छन्  । 

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा गरिएको टिकट वितरणमा असन्तुष्टि जनाउँदै मंगलबार पार्टी परित्याग गरेका उनी  केहि दिनभित्रै एमाले प्रवेशको तयारीमा रहेको एमाले निकट स्रोतले जनाएको छ ।  

सर्लाही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद रायले आफ्नो क्षेत्रभित्र पर्ने कविलासी नगरपालिका सहित बिष्णु गाउँपालिका र ब्रम्हपुरी गाउँपालिकामा आफूले भनेका कार्यकर्तालाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए । तर उनका मान्छेले टिकट नपाएपछि रायले महामन्त्रीबाट राजिनामा दिएका थिए ।

यसैबीच कबिलासी नगरपालिका सहित बिष्णु, ब्रम्हपुरी र चक्रघट्टा गाउँपालिकाका प्रमुख र उपप्रमुख सहितका अधिकांश उम्मेदवार एमालेले जंगीलालकै कार्यकर्तालाई बनाएपछि उनी एमाले प्रवेश गर्न लागेका हुन् । ‘मेरा कार्यकर्ता जताबाट उठ्छन् उनीहरुलाई नै मेरो समर्थन हो,’ रायले भने, ‘अहिले त चुनावमै छु, सायद चाँडै एमाले प्रवेश गर्छु’ ।

सर्लाहीका एमाले जिल्ला अध्यक्ष रेवती पन्तले सांसद जंगीलाल राय एमाले प्रवेश गर्न लागेको पुष्टि गरे । उनले भने, ‘हामीले चारओटा स्थानीय तहमा उहाँले भनेकै साथीहरुलाई उम्मेवार बनाएका छौं । अहिले एमालेका उम्मेदवार जिताउन लाग्नुभएको छ ।

स्रोतका अनुसार उनले शनिबार सांसद पदबाट समेत राजीनामा दिने र त्यसपछि एमाले प्रवेश गर्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता