८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टाचारविरुद्धको आन्दोलन आवश्यक छ : मन्त्रि पौडेल

२२ भाद्र २०७४, बिहीबार ११:५६

भदौ २२, इनरुवा। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अगाडि बढाउनका लागि सुशासन आवश्यक रहेको बताउनुभएको छ । 

सुनसरी सदरमुकाम इनरुवामा आज ‘राष्ट्रिय उराँव करम महोत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सुशासन कायम गर्नका लागि विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । नेता पौडेलले भन्नुभयो, “विगतमा राजाविरुद्ध, राणाविरुद्ध र शासकविरुद्धको आन्दोलन भएकामा अब भ्रष्टाचारविरुद्धको आन्दोलन आवश्यक छ । ” 

उहाँले देश विकासका लागि सबै जातजाति, भाषाभाषी र वर्गको कलासंस्कृतिको संरक्षण तथा सबै धर्म र संस्कृतिको सम्मान र विकासमा जोड दिनुभयो । करम महोत्सव संयोजक सूर्यदेव दास उरावँको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका जिल्ला सभापति राजीव कोइरालाले करम महोत्सवका अवसरमा एक दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता