८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था माग

२२ भाद्र २०७४, बिहीबार १२:०४

भदौ २२, काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले मुलुकको राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि राष्ट्रिय चरित्र भएका संस्थाबीच एकताको खाँचो औँल्याएको छ । 

मुलुकमा भ्रष्टाचारको अन्त्य तथा रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्नेलगायत माग राख्दै पार्टीले आज गरेको मोटरसाइकल यात्राको उद्घाटन गर्दै पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजसंस्थामा त्यस्तो विशेषता पाइने हुँदा आफ्नो दल संवैधानिक राजसंस्थाका साथै हिन्दू राष्ट्रको पक्षमा रहेको बताउनुभयो । 

सो अवसरमा वरिष्ठ नेता केशरबहादुर विष्टले विश्वमा एक मात्र हिन्दू राष्ट्रका रुपमा मुलुकको पहिचान अन्तर्राष्ट्रिय तहमा रहेकामा त्यसको पुनःबहाली गर्नुपर्ने माग गर्नुभयो । नेता गणेश शेरचन, तारानाथ लुइँटेललगायतले भ्रष्टाचार न्यूनीकरणका लागि प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदाताका आधारमा मात्र हुनुपर्ने बताउनुभयो । 

यात्रामा सहभागी करिब ५०० जनाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था कायम गर्नुपर्ने, भ्रष्टाचारीलाई दण्डित गर्नुपर्नेलगायत माग गरेका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता