८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा आचारसंहिताको घोर उल्लङ्घन

२३ भाद्र २०७४, शुक्रबार ०६:४३

भदौ २३,महोत्तरी । प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा आचारसंहिताको घोर उल्लङ्घन भइरहेको छ । 

आचारसंहिता उल्लङ्घन गर्नेमा देशका ठूला राष्ट्रिय पार्टी — नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपादेखि लिएर मधेशवादी दल — राजपा, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम सबै रहेका छन् । 

त्यस्तै, अन्य पार्टीका साथै स्वतन्त्र उम्मेदवारसमेतले आचारसंहिताको घोर उल्लङ्घन गरेको देखिएको छ । दस नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा ७२० पदका लागि चार हजार ४१० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रत्येक उम्मेदवारद्वारा आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको देखिएको छ । 

आ–आफ्ना राजनीतिक एजेण्डासहित आचारसंहिताको परिधिमा रहेर भोट माग्नुपर्नेमा यहाँका नेता र पार्टीहरु आचारसंहिताको विपरीत भोट माग्ने र मतदातालाई आ–आफ्ना पक्षमा पार्ने काममा लागेको देखिएको छ । 

यहाँका राजनीतिक दलले सार्वजनिकस्थलमा पोस्टर, पम्प्लेट, सभा सम्मेलनदेखि लिएर ठूल्ठूलो आवाजमा २४ घण्टे लाउडस्पिकर बजाएर प्रचार–प्रसार गरेको पाइएको छ । जिल्लाको प्रत्येक गाउँ–ठाउँको बिजुलीको पोल, टेलिकमको पोल र रूख–बिरुवामा अहिले विभिन्न पार्टीको झण्डा टाँगिएको देख्न सकिन्छ । 

त्यस्तै, ठूल्ठूला आकारका पोस्टरहरु पनि टाँगिएको देखिन्छ । यहाँका उम्मेदवारले आचारसंहिता विपरीत दर्जनभन्दा बढी गाडी, सयौँ मोटरसाइकल र ठूल्ठूला ब्यानर लिएर प्रचार– प्रसारमा उत्रेका छन् । 

यसैगरी, यहाँका प्रत्येक पार्टीले आफ्नो पार्टीको छाप अङ्कित भेस्ट, टोपी लगाएर सयाँै कार्यकर्तालाई सडकमा उतारेका छन् । साथै, बालबालिकाको पनि प्रयोग गरिएको देखिएको छ । यसका अलावा उम्मेदवारले मतदातालाई रिझाउन झूटो वाचा, विभिन्न प्रलोभन र पैसा बाँड्ने काम पनि गर्ने गरेको सर्वसाधारण मतदाता बताउँछन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता