८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाज परिवर्तनमा बिपीको सिद्धान्त महत्वपूर्णः नेता सिटौला

२३ भाद्र २०७४, शुक्रबार ०८:५७

भदौ २३, झापा। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विश्वेश्वरप्रसाद कोइरालाले देखाउनुभएको मार्ग र सिद्धान्तअनुसार काम गरेमात्र समाज परिवर्तन हुने बताउनुभएको छ । ले विश्वेश्वरप्रसाद कोइरालाले देखाउनुभएको मार्ग र सिद्धान्तअनुसार काम गरेमात्र समाज परिवर्तन हुने बताउनुभएको छ । ले विश्वेश्वरप्रसाद कोइरालाले देखाउनुभएको मार्ग र सिद्धान्तअनुसार काम गरेमात्र समाज परिवर्तन हुने बताउनुभएको छ । 

१०४ औँ बिपी जयन्तीको अवसरमा नेपाली काँग्रेस भद्रपुर नगर समिति र नेपाल महिला संघ क्षेत्रीय समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता सिटौलाले समाज परिवर्तनका लागि बिपीको मार्ग र सिद्धान्त आत्मसात गर्नुको विकल्प नभएको बताउनुभयो । 

समृद्ध राष्ट्र निर्माणमा बिपीको मेलमिलापको नीतिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । बिपी जयन्तीकै अवसरमा मेची अञ्चल अस्पतामा आयोजित फलफुल वितरण तथा सरसफाइ कार्यक्रमसमेत उहाँ सहभागी हुनुभयो । 

पार्टी कार्यकर्तासँग सहभागी हुँदै नेता सिटौलाले अस्पताल परिसरमा सरसफाइ र बिरामीलाई फलफूल वितरणसमेत गर्नुभयो । उहाँले अस्पतालको बाहिर र भित्री भागको सरसफाइमा ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । 

काँग्रेस भद्रपुर नगरसमितिका अध्यक्ष मोहन महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका विकास समितिका अध्यक्ष राम कट्टेल, मेडिकल सुपरिटेण्डेण्ट डा पिताम्बर ठाकुर, काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, महिला संघकी क्षेत्रीय सभापति शर्मिला अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता