२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्छ: प्रचण्ड

२३ भाद्र २०७४, शुक्रबार १०:२४

भदौ २३, चितवन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको गुरुयोजना निर्माण गरी वृहत सोचका साथ काम गर्नुपर्ने बताउनुभएको छ । 

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको एकीकृत शहरी विकास कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले राजधानी काठमाडौँमा झैँ संरचना बनाउने र भत्काउने नगरी एकसय वर्षभन्दा पछिसम्मको सोच राखेर गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्ने बताउनुभयो । 

संघीयता र संघको निर्वाचनसँगै संविधान पूर्णरुपमा कार्यान्वयन हुने भन्दै उहाँले अवको समय आर्थिक समृद्धिको भएको बताउनुभयो । 

दीर्घकालीन रणनीतिका साथ अघि बढ्न नसके राष्ट्रनिर्माण गर्न नसकिने भन्दै उहाँले राजनीतिक प्रतिशोधलाई थाँती राखेर विकास निर्माणमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “राजनीतिक आँखा अब विकासमा केन्द्रित हुनुपर्दछ ।” 

कार्यक्रममा भरतपुर महानगरपालिकालाई बहुआयामिक नगरको रुपमा विकास गर्नुपर्ने भन्दै उहाँले तथ्यांक गत रुपमा गुरुयोजना निर्माण गर्न सुझाव दिनुभयो । 

विश्वका महत्वपूर्ण देशका प्रमुख महानगरसँग भगिनी सम्बन्धको विकास गरी महानगरलाई एकीकृत विकास गर्नुपर्ने पनि उहाँको जोड थियो । 

भरतपुर महानगरपालिकालाई चितवन महानगरको रुपमा विकास गर्नुपर्ने भन्दै उहाँले भरतपुर महानगरमा क्षेत्रीय विमानस्थल, शिक्षा र स्वास्थ्य केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । महानगरबाट नवलपरासी जोड्ने पुल निर्माण गर्ने र राप्ती एवं नारायणी दुई नदीको किनारै किनार चक्रपथ बनाउनुपर्नेमा पनि जोड दिनुभयो । 

कार्यक्रममा सहरी विकास मन्त्री प्रभू शाहले भरतपुर महानगरलाई नमुना सहर बनाउनका लागि मन्त्रालयले काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो “स्मार्ट सिटी बनाउन डिपिआरका लागि ठेक्का भइसकेको छ ।” 

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले भरतपुर महानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न अध्ययनका लागि बजेटसमेत निकासा भइसकेको बताउनुभयो । 

कार्यक्रममा चितवन क्षेत्र नं–३ का सांसद कृष्णभक्त पोख्रेल, सांसद सन्तु दराईलगायतले भरतपुर महानगरको विकास गुरुयोजना निर्माण गरी काम गर्नुपर्ने बताउनुभयो । 

हालै मात्र भरतपुर महानगरमा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल पुत्री रेणु दाहाल प्रमुख पदमा विजयी हुनुभएको छ । महानगर नै भएको चितवनबाट आउँदो संघको चुनावमा उम्मेदवार बन्ने घोषणा समेत प्रचण्डले गरिसक्नुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य