शंकर के सी/भदौ २४, सल्यान । असोज एक गते सम्म जिल्लाका सबै स्थानीय तहमा भेला गरिसक्ने लक्ष्यका साथ नेकपा एमाले सल्यानले जिल्लाव्यापि रुपमा अभियानलाइ तिब्रता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी/भदौ २४, सल्यान । असोज एक गते सम्म जिल्लाका सबै स्थानीय तहमा भेला गरिसक्ने लक्ष्यका साथ नेकपा एमाले सल्यानले जिल्लाव्यापि रुपमा अभियानलाइ तिब्रता "/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले सल्यानले असोज १ गतेसम्म भेला गरिसक्ने

२०७४, २४ भाद्र शनिबार १३:५३


शंकर के सी/भदौ २४, सल्यान । असोज एक गते सम्म जिल्लाका सबै स्थानीय तहमा भेला गरिसक्ने लक्ष्यका साथ नेकपा एमाले सल्यानले जिल्लाव्यापि रुपमा अभियानलाइ तिब्रता दिएको छ ।

जस अनुासर एमालेले शनिबार सम्म तीन स्थानीय तहमा भेला सम्पन्न गरिसकेको जनाएको छ । वनगाड कुपिण्डे नगरपालिका, त्रिवेणि गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरिसकेको एमालेले शनिबार सल्यानको कपुरकोट गाउँपालिकामा पनि भेला सम्पन्न गरेको छ ।

भेलालाइ सम्बोधन गर्दै एमालेका पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन् । स्थानीय तहको चुनावमा पनि एमाले पहिलो पार्टी बनेकाले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि पहिलो पार्टी बन्छ, उनले भने– आउँदो असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा एमालेलाई ठुलो पार्टी बनाउन त्यसक्षेत्रका नागरिक लागि परेका छन् ।

यस्तै कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाहले अव आम कार्यकर्ता प्रदेश र प्रतिनिधी सभाको चुनावका लागी तयार रहन आग्रह गरे । एमाले प्रदेश कमिटी सदस्यहरु हरि केसी, उदय वोहोरा, जिल्ला उपाध्यक्ष भिम बहादुर सेन, सचिव रमेश कुमार गौतम लगाएतकाले बोल्दै जनमत एमालेको पक्षमा रहेकोले जीत पनि सधै एमालेकै हुने र एमालेले सधै जनताको हितको लागी काम गर्नुपर्ने बताएका थिए ।


एमाले कपुरकोट गाउँपालिकाका संयोजक घनश्याम शर्माको अध्यक्षतामा भएको भेलामा गाउापालिकाको ६ वटै वडाहरुमा संयोजक तोकेको छ । र हरेक वडामा असोज पहिलो साताभित्रै तदर्थ वडा कमिटी निर्माण गरिसक्ने निर्णय भकोको गाउँपालिकाका उपसंयोजक ओम बहादुर बुढाले जनाएका छन् ।

यसैविच छत्रेश्वरि गाउँपालिकामा एमालेले आइतबार बैठक र सोमबार भेला,  वागचौर नपामा २६ गते वैठक २७ गते भेला, दार्मा गापामा २८ गते वैठक २९ भेला, ढोरचौर गापामा २९ गते वैठक ३० भेला, कुमाखमालिका गापामा २४ गते वैठक ३१ भेला, कालिमाटी गापामा १७ गते वैठक, शारदा नपामा ३१ गते वैठक र अशोज १ गते भेला गर्ने निर्णय भएको एमाले सल्यानका सचिव रमेश कुमार गौतमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने