८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा शहीद परिवारलाई टिकट नदिँदा मतदाता दुःखी

२५ भाद्र २०७४, आईतवार ०८:५६

सञ्जीतकुमार मण्डल। भदौ २५, महोत्तरी। मधेश आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहीद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन् । 

स्थानीय तहको तेस्रो चरणको चुनावमा राजपा जाने निश्चित भएकै दिनदेखि जलेश्वर– ८ का बाबु र छोरा गुमाएका विनय चौधरीलाई टिकट दिने निश्चित गरिसकेको राजपाले अन्तिम अवस्थामा आएर नदिएपछि मतदाता खुसी छैनन् । सदरमुकाम जलेश्वरमा गत वर्ष भदौ २३ गते ट्युसन पढेर फर्किने क्रममा आफ्ना १६ वर्षीय छोरा रोहन र २५ गते जलेश्वर – ८ स्थित बजारमा तरकारी किन्न गएका बेला प्रहरीले गोली हान्दा बुबा ७० वर्षीय गणेशप्रसादको निधन भएको थियो । विनयलाई जलेश्वरका सबै मतदाताले टिकट दिनुपर्ने माग गर्दै आएका थिए । उनले जलेश्वर नगरपालिकाको कुनै मुख्य पदमा टिकट पाउनेमा सबै जना विश्वस्त थिए । 

राजपाले विनयलाई नगरपालिकाका कुनै मुख्य पदमा मात्र नभएर आफ्नै वडाको वडाध्यक्ष वा वडा सदस्य पदमा समेत उम्मेदवार बनाएको छैन । राजपाले विनयलाई उम्मेदवार नबनाएर शहीद परिवारको अपमान गरेको स्थानीय मतदाता मनोजकुमार ठाकुरको बुझाइ छ । 

राजपा महोत्तरीका अध्यक्ष मण्डलका तमलोपा जिल्ला अध्यक्ष अभिराम शर्माले राजपाले नगरपालिकामा जितेपछि मनोनयन हुने पदमा उनलाई दिइने बताउनुभयो । 

राजपाले जलेश्वर नगरपालिका प्रमुख पदमा रामशंकर मिश्रलाई उम्मेदवार बनाएको छ । त्यस्तै एकै परिवारका हजुरबा र नाति शहीद भएका वडा नं ८ बाट शहीद परिवारको कुनै सदस्यलाई नभएर राजपा गठबन्धनमा रहेका सद्भावना पार्टीका नेता सुरेश सिंहका भाइ नरेशलाई उम्मेदवार बनाइएको छ । 

राजपाले शहीद परिवारलाई टिकट नदिएर अन्याय गरेको आरोप लगाउँदै जलेश्वर नगरपालिकाका मतदाता मुसाफिर साहले पनि निराशा व्यक्त गरेका छन् । महोत्तरीमा गत वर्ष मधेश आन्दोलन चलेको बेला एक महिलासहित नौ जना शहीद भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता