२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा शहीद परिवारलाई टिकट नदिँदा मतदाता दुःखी

२०७४, २५ भाद्र आईतवार ०८:५६

सञ्जीतकुमार मण्डल। भदौ २५, महोत्तरी। मधेश आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहीद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन् । 

स्थानीय तहको तेस्रो चरणको चुनावमा राजपा जाने निश्चित भएकै दिनदेखि जलेश्वर– ८ का बाबु र छोरा गुमाएका विनय चौधरीलाई टिकट दिने निश्चित गरिसकेको राजपाले अन्तिम अवस्थामा आएर नदिएपछि मतदाता खुसी छैनन् । सदरमुकाम जलेश्वरमा गत वर्ष भदौ २३ गते ट्युसन पढेर फर्किने क्रममा आफ्ना १६ वर्षीय छोरा रोहन र २५ गते जलेश्वर – ८ स्थित बजारमा तरकारी किन्न गएका बेला प्रहरीले गोली हान्दा बुबा ७० वर्षीय गणेशप्रसादको निधन भएको थियो । विनयलाई जलेश्वरका सबै मतदाताले टिकट दिनुपर्ने माग गर्दै आएका थिए । उनले जलेश्वर नगरपालिकाको कुनै मुख्य पदमा टिकट पाउनेमा सबै जना विश्वस्त थिए । 

राजपाले विनयलाई नगरपालिकाका कुनै मुख्य पदमा मात्र नभएर आफ्नै वडाको वडाध्यक्ष वा वडा सदस्य पदमा समेत उम्मेदवार बनाएको छैन । राजपाले विनयलाई उम्मेदवार नबनाएर शहीद परिवारको अपमान गरेको स्थानीय मतदाता मनोजकुमार ठाकुरको बुझाइ छ । 

राजपा महोत्तरीका अध्यक्ष मण्डलका तमलोपा जिल्ला अध्यक्ष अभिराम शर्माले राजपाले नगरपालिकामा जितेपछि मनोनयन हुने पदमा उनलाई दिइने बताउनुभयो । 

राजपाले जलेश्वर नगरपालिका प्रमुख पदमा रामशंकर मिश्रलाई उम्मेदवार बनाएको छ । त्यस्तै एकै परिवारका हजुरबा र नाति शहीद भएका वडा नं ८ बाट शहीद परिवारको कुनै सदस्यलाई नभएर राजपा गठबन्धनमा रहेका सद्भावना पार्टीका नेता सुरेश सिंहका भाइ नरेशलाई उम्मेदवार बनाइएको छ । 

राजपाले शहीद परिवारलाई टिकट नदिएर अन्याय गरेको आरोप लगाउँदै जलेश्वर नगरपालिकाका मतदाता मुसाफिर साहले पनि निराशा व्यक्त गरेका छन् । महोत्तरीमा गत वर्ष मधेश आन्दोलन चलेको बेला एक महिलासहित नौ जना शहीद भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो