२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसद्वारा लोहारको निधनमा शोक

२०७४, २५ भाद्र आईतवार ०९:११

भदौ २५, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिले पूर्व केन्द्रीय सदस्य एवं पूर्व सहायकमन्त्री प्रतापराम लोहारको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यालय आज एक दिन बन्द गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले नेता लोहारको निधनप्रतिे दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । लोहारले नेपालको दलित आन्दोलनमा समेत योगदान गर्नुभएको छ । समाजसेवी लोहारको निधनले पार्र्टी स्तब्ध र मर्माहत भएको मुख्य सचिव पौडेलले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेता लोहारले काँग्रेसको संगठन तथा दलित उत्थानमा पु¥याउनुभएको योगदान पार्र्टीको इतिहासमा सदा स्मरणीय रहने काँग्रेसले जनाएको छ । उहाँको निधनबाट पार्र्टी र समग्र दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको बैठकको निष्कर्ष छ । 

बैठकले स्व लोहारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । पूर्व केन्द्रीय सदस्य स्व लोहारप्रति सम्मान प्रकट गर्दै आज देशभरका काँग्रेस कार्यालय बन्द गरिनाका साथै आजदेखि मंगलबारसम्म पार्र्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्र्टीको झण्डा आधा झुकाउने निर्णय पनि भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने