२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

‘सङ्घीयता कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण’

३१ असार २०८२, मंगलवार १३:२९
काठमाडौँ | कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले सङ्घीयता कार्यान्वयनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशासभा सचिवालयद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कानुन निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख गुरुङले समाजको ऐनाका रुपमा चित्रित सञ्चारकर्मीको जिम्मेवारपूर्ण कार्यले देशमा सुशासन कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“सङ्घीय व्यवस्थाअनुसार तीन तहका सरकार छन्,” सभामुख गुरुङले भन्नुभयो, “ती तीनै तहका सरकारले गरेका काम, सफल अभ्यास र कानुन कार्यान्वयनबारे नागरिकलाई सूचित गराउन यहाँहरुको जिम्मेवारी र जवाफदेही पत्रकारिता आवश्यक छ, जसले सार्वजनिक नेतृत्वमा रहेर काम गर्नेलाई दायित्व बोध गराइरहोस् ।”
प्रदेश मामिला र सामाजिक विकास समितिका सभापतिद्वय कल्याणी खड्का र पूर्णबहादुर खत्रीले सार्वजनिक महत्व तथा नागरिक सरोकारका मुद्दा उठानमा पत्रकारको अहम् भूमिका रहेको बताउनुभयो । पत्रकारको निष्पक्ष एवं तटस्थ पत्रकारिताले नागरिकदेखि सार्वजनिक पदमा रहेका सबैलाई जिम्मेवार बन्न सचेत गराउने भएकाले आफ्नो भूमिकामा अडिग भएर काम गर्न सभापतिद्वयले आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभामा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले राज्य सञ्चालक, कानुन निर्माता र पत्रकार सबैको मूल कार्य नागरिकलाई सेवा दिनु, उनीहरुलाई सुशासनको प्रत्याभूति गराउनु र जिम्मेवारी नागरिक बन्न उत्प्रेरित गराउनुभएको बताउनुभयो ।
अन्तरक्रियामा प्रदेश सचिवालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले प्रदेशसभा सचिवालयले हालसम्म गरेका कामकारवाही एवं त्यसको प्रगति र कानुन तथा विधेयक महाशाखाका कानुन उपसचिव अर्जुन भुसालले पत्रकारले सवाल उठान र न्यायिक क्षेत्रका गतिविधिलाई बाहिर ल्याउन सुझाउँदै हालसम्म बनेका कानुन र कार्यान्वयनको अवस्थाबारे आफ्नो प्रस्तुति राख्नुभयो ।
प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकी र प्रवक्ता नेत्रबहादुर कार्कीले प्रदेशसभाका विषयगत समितिका गतिविधिमा पत्रकारको पहुँच नभएको भन्ने विषयमा ध्यानाकर्षण भएको र प्राप्त सुझावअनुसार काम गरिने बताउनुभयो । उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले प्रदेशसभाको काम, कर्तव्य र अधिकार, विषयगत समितिको कार्यसम्पादन, सरकारको कार्यशैली र त्यसमा सुधार गर्नुपर्ने पक्षका विषयमा सुझाव दिएका थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता