२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

‘सङ्घीयता कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण’

२०८२, ३१ असार मंगलवार १३:२९
काठमाडौँ | कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले सङ्घीयता कार्यान्वयनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशासभा सचिवालयद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कानुन निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख गुरुङले समाजको ऐनाका रुपमा चित्रित सञ्चारकर्मीको जिम्मेवारपूर्ण कार्यले देशमा सुशासन कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“सङ्घीय व्यवस्थाअनुसार तीन तहका सरकार छन्,” सभामुख गुरुङले भन्नुभयो, “ती तीनै तहका सरकारले गरेका काम, सफल अभ्यास र कानुन कार्यान्वयनबारे नागरिकलाई सूचित गराउन यहाँहरुको जिम्मेवारी र जवाफदेही पत्रकारिता आवश्यक छ, जसले सार्वजनिक नेतृत्वमा रहेर काम गर्नेलाई दायित्व बोध गराइरहोस् ।”
प्रदेश मामिला र सामाजिक विकास समितिका सभापतिद्वय कल्याणी खड्का र पूर्णबहादुर खत्रीले सार्वजनिक महत्व तथा नागरिक सरोकारका मुद्दा उठानमा पत्रकारको अहम् भूमिका रहेको बताउनुभयो । पत्रकारको निष्पक्ष एवं तटस्थ पत्रकारिताले नागरिकदेखि सार्वजनिक पदमा रहेका सबैलाई जिम्मेवार बन्न सचेत गराउने भएकाले आफ्नो भूमिकामा अडिग भएर काम गर्न सभापतिद्वयले आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभामा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले राज्य सञ्चालक, कानुन निर्माता र पत्रकार सबैको मूल कार्य नागरिकलाई सेवा दिनु, उनीहरुलाई सुशासनको प्रत्याभूति गराउनु र जिम्मेवारी नागरिक बन्न उत्प्रेरित गराउनुभएको बताउनुभयो ।
अन्तरक्रियामा प्रदेश सचिवालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले प्रदेशसभा सचिवालयले हालसम्म गरेका कामकारवाही एवं त्यसको प्रगति र कानुन तथा विधेयक महाशाखाका कानुन उपसचिव अर्जुन भुसालले पत्रकारले सवाल उठान र न्यायिक क्षेत्रका गतिविधिलाई बाहिर ल्याउन सुझाउँदै हालसम्म बनेका कानुन र कार्यान्वयनको अवस्थाबारे आफ्नो प्रस्तुति राख्नुभयो ।
प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकी र प्रवक्ता नेत्रबहादुर कार्कीले प्रदेशसभाका विषयगत समितिका गतिविधिमा पत्रकारको पहुँच नभएको भन्ने विषयमा ध्यानाकर्षण भएको र प्राप्त सुझावअनुसार काम गरिने बताउनुभयो । उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले प्रदेशसभाको काम, कर्तव्य र अधिकार, विषयगत समितिको कार्यसम्पादन, सरकारको कार्यशैली र त्यसमा सुधार गर्नुपर्ने पक्षका विषयमा सुझाव दिएका थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा