प्रकाश धौलाकोटी | भदौ २५, तेह्रथुम | संघीय लोकतान्त्रिक राष्टिय मन्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले नेपालमा डेढ वर्षभित्र विशाल संघीय क्रान्ति गर्ने घोषणा गर्नुभएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी | भदौ २५, तेह्रथुम | संघीय लोकतान्त्रिक राष्टिय मन्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले नेपालमा डेढ वर्षभित्र विशाल संघीय क्रान्ति गर्ने घोषणा गर्नुभएको छ "/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुमार लिङ्देनको ओपन सेक्रेटः ‘डेढ वर्षभित्र विशाल संघीय क्रान्ति हुन्छ’

२०७४, २५ भाद्र आईतवार १३:३६


प्रकाश धौलाकोटी | भदौ २५, तेह्रथुम | संघीय लोकतान्त्रिक राष्टिय मन्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले नेपालमा डेढ वर्षभित्र विशाल संघीय क्रान्ति गर्ने घोषणा गर्नुभएको छ । संघीयता विरोधीहरु हाबी हँुदा बहुदलीय व्यवस्थामा पनि अल्पमतले बहुमतलाई शासन गर्नु लज्जास्पद भन्दै अध्यक्ष लिङ्देनले त्यसको विरोधमा विशाल संघीय क्रान्तिको तयारी गरिरहेको बताउनुभयो ।

तेह्रथुमको म्याङलुङ्गमा आइतबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिङ्देनले सो क्रान्तिका लागि १० वटै प्रान्तबाट बीस–बीस हजार भोलेन्टियर्स तयार गर्ने बताउनुभयो । आगामी प्रदेश र संघको चुनावको पनि आलोचनात्मक समर्थन सहित उपभोग गर्ने लिङ्देनले बताउनुभयो ।

लिङ्देनले नेपाल संवैधानिक रुपमै संघीय संरचनामा गएसँगै गाउँपालिका, नगरपालिकाहरुको समायोजित नाम समेत पहिचानकै आधारमा राखिएकोप्रति इङ्गित गर्दै लिम्बुवानी आम्दोलन सफलता नजिक पुगेको बताउनुभयो । उहाँले लिम्बुवानमा झैँ खम्बुवान, ताम्सालिङ वा अन्य ठाउँहरुमा पहिचानको आन्दोलन अघि नबढेको दाबी गर्नुभयो ।

अध्यक्ष लिङदेनले लिम्बुवानको ऐतिहासिक पहिचान प्राप्तिको लागि यहाँका सबै जाति, भाषी र पेशा व्यवसायीको लगानी हुने वातावरण बनाउन १२ वर्षदेखि आन्दोलनरत रहेको सम्झँदै अब अन्तिम आन्दोलनमा तयारी गर्न निर्देशन गर्नुभयो । लिङदेनले एमाले संघियता बिरोधी भएको आरोप लगाउँदै अझै दशौँ वर्षसम्म अल्पमतमा पर्ने र पारेर छाड्ने उद्घोष गर्नुभयो ।

पहिचानको आन्दोलनलाई कांग्रेस र माओबादीले समर्थन गर्नेमा आफु बिश्वस्त रहेको र संघीय सह–अश्तित्ववादले मात्रै मुलुक सञ्चालन हुन सक्ने तर्फ उनको जोड थियो । अध्यक्ष लिङ्देनले नेपालका पुराना पार्टीहरुलाई नोकिया मोवाईलको संज्ञा दिनुभयो । कुनैपनि वस्तु या पार्टी समय सापेक्ष चल्न नसकेमा बिना कसुर नोकिया मोवाईल विश्व बजारबाट लोप भएजस्तै संघीयता र पहिचान विरोधी पार्टीहरु पनि आफैँ पतन भएर जाने उहाँले बताउनुभयो ।

आइतबार सम्पन्न संघीय लिम्बुवान मन्चको दोश्रो जिल्ला अधिवेशनले विजय निङलेकुको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट नयाँ  कार्य समितिको उपाध्यक्षमा राजेश लिम्बु, हेमकुमार पाक्साँवा र राजेश इङ्गनाम, सचिवमा नेत्रकुमार खापुङ, महिला सचिवमा चुङ्वान्मा कन्दङ्वा, अर्थ सचिवमा सन्तकुमार लिम्बु चयन भएका छन् ।

यस्तै सचिवालय सदस्यमा भीम तेयुङ, सोम लुङ्फुङ्वा र बिकास इङ्नाम चयन भएका छन् । सदस्यहरुमा लाखबहादुर तेयुङ, गुमासिंङ सेने, विनोद मादेम्बा, मदिना लिम्बु, विनु लिम्बु, नरमाया नेपाली, चन्द्रकला लिम्बु, तिलविक्रम चोङवाङ, जमीत लिम्बु र मनकुमार लिम्बु रहेका छन् । 

यस्तै आइतबहादुर लिम्बु, मदनकुमार लिम्बु, हाङनारायण ईङनाम, कर्ण कन्दङवा, कुमार ईङनाम, गीता ईङनाम, चन्द्रबहादुर विक, नारायणकुमार ईङनाम, जयकुमार लिम्बु, तिलोकसिङ लिम्बु, सुन्दर फोम्बो, भीमराज चोङवाङ, ओमबहादुर लिम्बु, चित्रराज आङवुङ र ललिता लिम्बु निर्वाचित भएका निर्वाचन मण्डलका संयोजक केन्द्रीय महासचिव यलम्बर खम्बुले जानकारी दिए । 

केन्द्रीय अध्यक्ष कुमार लिङदेन सहित केन्द्रीय नेताहरु समेत सहभागी अधिवेशनपछि पार्टी प्रशिक्षण तथा वैचारिक छलफल कार्यक्रम समेत सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने