प्रेम सुनार | भदौ २५, गुल्मी । आगामी असोज ४ र ५ गते तम्घासमा हुन गईरहेको अनेरास्ववियु गुल्मीको २३ औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत विद्या"/>
प्रेम सुनार | भदौ २५, गुल्मी । आगामी असोज ४ र ५ गते तम्घासमा हुन गईरहेको अनेरास्ववियु गुल्मीको २३ औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत विद्या"/>
प्रेम सुनार | भदौ २५, गुल्मी । आगामी असोज ४ र ५ गते तम्घासमा हुन गईरहेको अनेरास्ववियु गुल्मीको २३ औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत विद्यार्थी नेताहरुले देखाउन थालेका छन् । सम्मेलन आयोजक कमिटीका संयोजक रहेका राजेन्द्र विक्रम कुँवरले आफु सम्मेलनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुने दावि गर्दछन् । तर उता भर्खर मात्रै रेसुङ्गा वहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भएका अनेरास्ववियुका जिल्ला सदस्य श्रीराम महत पनि सो संगठनको अध्यक्ष कै दावेदार रहेको बताउँदै आएका छन् ।
जिल्ला संयोजक कुँवरले सह संयोजक शोभाखर गिरी मालिका गाउँपालिका अर्जैको वडाध्यक्षमा निर्वाचित भएको र श्रीराम महत स्ववियु सभापतिमा निर्वाचित भएकोले यस पटक स्वत आफु सर्वसम्मत अध्यक्षमा निर्वाचित हुने बताएका छन् ।
असोज ४ गते तम्घासमा नेकपा एमाले सचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्ने सम्मेलनमा यी दुई विद्यार्थी नेताहरु विच महाभिडन्त हुने आकलन गरिएको छ । विगत लामो समय देखि जिल्ला नेतृत्वको दावि गर्दै आएका कुँवर खरो र स्पष्ट वक्ताका रुपमा परिचित छन् । उता श्रीराम महत पनि उस्तै क्षमतावान देखिन्छन् ।
नेकपा एमालेको उक्त विद्यार्थी संगठनको सम्मेलनमा पनि गुुट उपगुटको प्रभाव नरहला भन्न सकिन्न । कुँवर नेकपा एमालेको संस्थापन र अनेरास्ववियुको पनि संस्थापन पक्षधर मानिन्छन् । महत भने कतै नखुलेका तर लामो समय देखि नेतृत्व सम्हाल्दै आएका कुँवरलाई अध्यक्ष मान्न तयार नहुनुले अर्को गुटमा छन् कि भनेर अनुमान गर्नेहरु पनि एमाले भित्र छन् । अध्यक्षको दावि गर्दै आएका महत पनि नेतृत्व चयन सर्वसम्मत नै हुन तर त्यसमा अध्यक्ष आफुलाई नैचयन गरिने उनलेदावि गरे ।
उनले भने राजेन्द्रजीले १२ वर्ष देखि संगठन चलाई सक्नु भएको छ । अढाई वर्ष देखि प्रमुख पद नै सम्हाल्नु भएको छ । उहाँको कार्य क्षमता पनि देखि सकियो । यसर्थ पनि क्षमताको आधारमा अव नेतृत्व हस्तान्तरण पुस्तान्तरण हुनै पर्दछ । यसर्थमा पनि म अध्यक्ष पदको दावेदार हुँ ।
तपाईलाई सर्वसम्मत स्वाकार गरिएन भने तपाई के गर्नु हुन्छ भन्ने प्रश्नमा कुुँवरले भने अनेरास्वुवियु गुल्मीको ईतिहाँसमा सर्वसम्मत र सर्वस्वीकार्य नेतृत्व चयन हुने यो नै अनुकुल सम्मेलन भएको दावि गर्दै आफ्नो निहित संकिर्ण स्वार्थका लागि साथीहरुले अस्वस्थ एवं गुटबन्दीका कृयाकलापहरु नगर्नेमा आफु विश्वस्त रहेको बताए ।