कृष्ण कँडेल | भदौ २५, बागलुङ | नेकपमा माओवादी केन्द्रका नेता देब गुरुङले अतिवादी सोचले मुलुक विखण्डन गर्ने बताएका छन् । 

 माओवादी केन्द्र  नगर संगठन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल | भदौ २५, बागलुङ | नेकपमा माओवादी केन्द्रका नेता देब गुरुङले अतिवादी सोचले मुलुक विखण्डन गर्ने बताएका छन् । 

 माओवादी केन्द्र  नगर संगठन "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अतिवादी सोचले मुलुक विखण्डन गर्छ’ —नेता गुरुङ

२५ भाद्र २०७४, आईतवार १३:५८

कृष्ण कँडेल | भदौ २५, बागलुङ | नेकपमा माओवादी केन्द्रका नेता देब गुरुङले अतिवादी सोचले मुलुक विखण्डन गर्ने बताएका छन् । 

 माओवादी केन्द्र  नगर संगठन समिति बागलुङले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै गुरुङले नेपाल विविधतापुर्ण मुलुक भएकाले सवैपक्षको एकता विना बलियो राष्ट्र बन्न नसक्ने बताए । ‘नेपाल बहुजातीय, बुहुसाँस्कृतिक, बहुधार्मिक तथा बहुभाषिक मुलुक हो,’ उनले भने, ‘अतिबादी सोचले हाम्रो जस्तो विविधता भएको देशलाई एकताबद्ध गर्दैन, झन् द्वन्द्व बढ्छ, अराजकताले विखण्डन निम्त्याउँछ ।’

माओवादीले हिमाल, पहाड र मधेशका भावनालाई समेटेर एकताबद्ध मुलुक बनाउन चाहेको उनले बताए । 

‘अहिले पहाड र मधेश दुवैतिर देखिएको अतिवादले कसैको हित गर्दैन, सवै विविधतालाई जोड्ने बृहत राष्ट्रिय एकता आवश्यक छ,’ नेता गुरुले भने । 

राजनीतिक अस्थिरताको अन्त्य गर्दै नेपाली राष्ट्रियतालाई बलियो बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पुर्णसमानुपातिक निर्वाचन प्रणाली अपनाउनुएको विकल्प नरहेको उनको तर्क छ । 

‘प्रत्यक्ष निर्वाचित कार्याकारी प्रमुख सहितको कार्यपालिका र पुर्णसमानुपातिक निर्वाचन प्रणालीले अहिले देखिएका समस्याको हल गर्छ,’ उनले अगाडी थपे, ‘यसले एकतिर कम्तिमा ५ बर्ष एउटै सरकारले देश चलाउँछ, अर्को जनसंख्याका आधारमा सवैको प्रतिनिधित्व नीति बनाउने तहमै भएपछि कसैलाई पनि विभेदको महसुस हुँदैन ।’

माओवादी केन्द्र प्रदेश नम्बर–४ का ईञ्चार्ज समेत रहेका उनले निर्वाचन प्रणालीलाई पुर्णसमानुपातिक बनाउँदा वित्तिकै करोडौँ खर्च गरेर चुनब लड्नुपर्ने र आफ्नो लगानी उठाउन अनियमितता गरेरै भएपनि पैसा कमाउनै पर्ने बाध्यताको अन्त्य गर्ने भएकाले भ्रष्टाचार समेत न्युनिकारण हुने धारणा राखे । 

‘हामीले यि दुई मुद्धा पहिलेदेखि नै उठाउँदै आएका हौँ, नयाँ संविधानमा समेट्न सकिएन,’ उनले भने, ‘मंसिरमा हुने निर्वाचनमै त यो सम्भव छैन, तर त्यसपछि संविधान संसोधन गरेर यो व्यवस्था गर्नैपर्छ ।’

नेता गुरुङले प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता