२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

‘साउथ इन्डियन हिरो’ जस्ता लाग्ने रहबर ‘साउथ नेपाल’मा हिरो बन्लान् ?

२०७४, २५ भाद्र आईतवार २०:०४

भदौ २६, बिरगंज | यी हुन् बिरगंज महानगरपालिकाका मेयर पदमा उम्मेदवार रहबर अन्सारी  । यिनी आउँदो असोज २ गते प्रदेश नम्बर २ मा हुने तेश्रो चरणको निर्वाचनमा उत्साहको साथ चुनावी दौडमा छन् । 

शैक्षिक तथा बौद्धिक रुपमा निकै अगाडी रहेका रहवर एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना सहित उम्मेदवार बनेको बताउँछन् । ३१ बर्षीय रहवरले बिरगंजमा समृद्धिको लागि आफुले उम्मेद्वारी दिएको बताएका छन् । हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरिसकेका अन्सारी युवाहरु माझ लोकप्रिय त यसैपनि छन् त्यसमा पनि अहिले उम्मेदवार उठेपछि उनको चर्चा निकै चुलिएको छ ।

केहि युवा त उनको स्ट्रक्चर र स्टाइलको प्रशंसा गर्दै 'साउथ इन्डियन हिरो' को उपमा समेत दिएका छन् । उनको लगाई र हिडाईको स्टाइल एउटा अनुभवी 'लिडर'को भन्दा कम छैन । त्यसमा पनि उनि राजनीतिक रुपमा निखारिदै, शैक्षिक रुपमा पनि राजनीतिलाई नै केन्द्रविन्दुमा राखेर अघि बढेका हुनाले छिट्टै धेरैको नजरमा पर्न सफल भएका छन् । अब उनको चर्चा साउथ नेपालमा असोज २ पछी चुलिन्छ वा घट्छ हेर्न भने बाँकी छ । बिरगंजका जनताले उनको नेतृत्वलाई स्वीकार गर्लान् वा नगर्लान् अहिलेनै भन्न नसकेपनि रहबरले भने बिरगंजमा युवाको साथ पाउने विश्वास गर्दै जित्ने दावी गरेका छन् ।


आफ्नो प्राथमिकता युवा भएको बताउने रहवर बिरगंजको अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन चाहन्छन् । उनको नारा नै छ – 'करले होइन रहरले जाउँजाउँ लाग्ने वीरगञ्ज बजार बनाउने छु' । त्यस्तै वाइफाइयुक्त स्मार्ट वीरगञ्ज बनाउने उनको योजना छ । त्यस्तै अन्तराष्ट्रिय स्तरको स्पोर्ट क्लब पनि उनको मुख्य प्राथमिकतामा छ । 

यस्ता छन् बिरगंज महानगरमा रहबरका योजना: 




राजनीतिक भाषणमा मात्र नभई ब्यबहारमै पनि रहवर सक्रिय छन् । उनले बिरगंजलाई समृद्ध बनाउने अभियानमा युवाले साथ दिने विश्वास समेत व्यक्त गरेका छन् । अहिलेसम्म राजनीतिको कारण युवा-युवाबीच दरार आईरहेको अवस्थामा रहवरले युवा-युवा बीच एकताको वातावरण बनाउने समेत दावी गरे । त्यस्तै बिरगंज महानगरको प्रशासनिक काम अनलाइन सिस्टममा लाने उनको योजना छ । 
माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य उनलाई भदौ २ गतेको माओवादी केन्द्रको निर्णयले वीरगञ्ज महानगरको मेयर उम्मेदवार घोषणा गरेको थियो । पर्सा जिल्लामा माओवादी केन्द्रको स्थिति त्यति राम्रो नभएपनि युवा नेतृत्वलाई छान्ने उनको विश्वास छ । हारेपनि उनले यो नै अन्तिम लडाई नभएको बताएका छन् । उनले भनेका छन् – 'उम्मेदवारको योग्यता र क्षमतालाई चिन्नुपर्छ।’ 


अहिले रहबर निर्वाचनको दौडमा छन् । जनतासँग आफुलाई जिताउन भन्दै भोट माग्ने कार्यमा उनि निकै व्यस्त देखिन्छन् । 

बिरगंज महानगरमा निर्वाचनका लागि कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार अजय द्विवेदी र एमालेबाट बसुरुद्धिन अन्सारी चुनावी प्रतिश्पर्धामा छन् । त्यस्तै अर्का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका विजय सराबगी, राजपाका प्रमुखका उम्मेदवार राजेशमान सिंह र राष्ट्रिय जनता दलका मनोज रौनियार पनि चुनावी प्रतिष्पर्धामा छन् ।

वीरगञ्ज महानगर क्षेत्रभित्र ३२ वडा रहेको छ भने त्यहाँ एक लाख आठ हजार ५०१ मतदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने