२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी केन्द्रसंग कहिल्यै एकता हुँदैन: वैद्य

२०७४, २७ भाद्र मंगलवार १०:११

भदौ २७, सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताउनुभएको छ । 

पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दशवर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम नभएकाले पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने र त्यसले आमूल परिवर्तन ल्याउने ठोकुवा गर्नुभयो । 

आगामी असोज २१ गते पार्टीको राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न हुने र उक्त महाधिवेशनले नयाँ रणनीति बनाउने र चुनावमा भाग लिने या नलिनेबारे आगामी सचिवालयको बैठकले निर्णय गर्ने अध्यक्ष वैद्यले जानकारी दिनुभयो । 

नेपालमा क्रान्तिकारी र अवसरवादी धार रहेको र आफूहरु क्रान्तिकारीसँग मात्रै कार्यगत एकता गरेर जाने बताउँदै उहाँले देशको रूपान्तरणका लागि नयाँ जनवादी क्रान्तितर्फ जानुको विकल्प नरहेकाले सबै राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने