८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ महिनाभित्र बाढी प्रभावितका घर बनाउन गृहमन्त्रीको निर्देशन

२८ भाद्र २०७४, बुधबार ११:०७

भदौ २८, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा बोल्दै मन्त्री शर्माले उक्त निर्देशन दिएका हुन्। “तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा छ महिनामा बाढी प्रभावितलाई पुनःस्थापना गर्ने गरी योजना बनाउनुहोस्,”मन्त्री शर्माले भने।

उनले बाढीका कारण विस्थापितहरुको तथ्यांक तयार गर्न निर्देशन दिँदै अर्को वर्षामा बाढी आउँदा आवश्यक उद्धार सामग्री अहिले नै किन्नुपर्ने बताए।

मन्त्री शर्माको निर्देशनपछि केन्द्रीय दैवीप्रकोप उद्धार समितिले स्याउला, खरलगायतका सामग्रीले छाएको घरको छानोलाई जस्ताले छाउनका लागि दुई बण्डल जस्तापाता वितरण गर्ने निर्णयसमेत गरेको छ। यस्तै बाढी आएको बेला राहत र उद्धारमा विशेष भूमिका खेल्ने संघ संस्थालाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ।

बैठकमा बोल्दै गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले नीतिगत कमजोरीका कारण विपद्सम्बन्धी कार्य युद्धस्तरमा हुन नसकेको बताए।

बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरुले आ-आफ्नो मन्त्रालय मातहतको क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता