२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रवि लामिछाने थुनामा, रास्वपा सांसदहरू रणनीति बनाउन भैरहवामा जुटे

१५ श्रावण २०८२, बुधबार ११:५३

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवामा बस्ने भएको छ । पार्टी सभापति रवि लामिछाने थुनिएको भैरहवा कारागार नजिकैको एक होटलमा बैठक राखिएको हो ।

आज अपराह्न १ बजेदेखि ४ बजेसम्म संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनले जारी गरेको सूचनामा बैठक कसले आह्वान गरेको भन्ने उल्लेख छैन ।

रास्वपा अहिले संसदीय दलको नेताविहीन छ । सभापति रवि लामिछानेको सांसद पद निलम्बित भएपछि अर्को संसदीय दलको नेता चयन गरिएको छैन भने कसैलाई कार्यवाहक पनि दिइएको छैन । संसदीय दलभित्रको संयोजन भने उपनेता विराजभक्त श्रेष्ठले गर्दै आएका छन् ।

बैठकका लागि रास्वपाका अधिकांश सांसदहरू हिजै भैरहवा पुगिसकेका छन् । भैरहवाको रमादा होटलमा बैठक बस्ने छ, जुन सभापति लामिछाने रहेको कारागारबाट १०–१५ मिनेटको मात्र दुरीमा छ । बैठकले संसदमा पार्टीको आगामी रणनीति तय गर्ने सांसद गणेश पराजुलीले जानकारी दिए ।

रास्वपाले लामो समयदेखि भिजिट भिसा प्रकरणमा अनुसन्धानको माग गर्दै संसद अवरोध गर्दै आएको छ । पार्टीले गर्दै आएको संसदको अवरोधको विषयमा पनि समीक्षा हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव