२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बहुविवाह सम्बन्धी गलत अर्थ लाग्ने शब्द भए संशोधन गर्छौं : कानुनमन्त्री चौरसिया

२०८२, १९ श्रावण आईतवार १५:३१

काठमाडौँ | कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले ल्याउन लागिरहेको कानुनी संशोधन बहुविवाहलाई प्रोत्साहन गर्न नभई गलत सम्बन्धबाट जन्मिएका सन्तानको अधिकार सुनिश्चित गर्नका लागि भएको स्पष्ट पारेका छन् ।

आइतबार नेपाल महिला संघले सिंहदरबारस्थित मन्त्रालयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री चौरसियाले केही सञ्चारमाध्यममा आएको समाचार जस्तो सरकारको उद्देश्य नभएको स्पष्ट पारे । उनले भने, ‘जुन मस्यौदा तयार भएको छ, त्यसमा बहुविवाहको कुरा छैन । यो संशोधन गलत सम्बन्धबाट जन्मिएको सन्तानको अधिकारका लागि हो ।’उनका अनुसार प्रस्तावित संशोधनमा यदि पुरुषले महिलालाई वा महिलाले पुरुषलाई ढाँटेर सम्बन्ध राखेका कारण गर्भ रहन गएको हो भने त्यस्ता सम्बन्धमा जन्मिने सन्तानलाई हक र अधिकारबाट वञ्चित नगरिने व्यवस्था गरिन लागिएको हो ।

मन्त्री चौरसियाले पुरुष वा महिला जो कोही दोषी भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने जानकारी दिए । ‘दुवैको सहमति बिना कुनै काम हुँदैन । बहुविवाह रोक्नका लागि पुरुषलाई जसरी कारबाहीको व्यवस्था छ, महिलालाई पनि कारबाही गरिने छ, ‘उनले भने । उनले स्पष्ट पारे कि यो संशोधन महिलामाथि अन्याय हुने गरी नभई बच्चाको भविष्यलाई सुरक्षित गर्ने उद्देश्यले ल्याइएको हो । ‘बच्चाको कुनै गल्ती छैन । उसको हाडनाता कायम गर्ने कि नगर्ने ? त्यस्तो अवस्थामा महिलालाई क्षतिपूर्ति दिलाउने व्यवस्था पनि संशोधनमार्फत ल्याउन लागिएको हो, ‘मन्त्री चौरसियाको भनाइ थियो ।

मन्त्रीले प्रस्तावित मस्यौदाको भाषा वा अभिव्यक्तिले गलत अर्थ दिने अवस्था भएमा सरकार त्यसलाई सच्याउन तयार रहेको जनाए । ‘हामी महिलाको हितविपरीत कुनै कानून ल्याउँदैनौँ । मेरो पनि घरमा छोरी छन् । यदि शब्द चयनमा कमजोरी छ भने त्यो पनि संशोधन गर्छौँ,‘उनले भने। उनले मस्यौदा अहिलेसम्म मन्त्रिपरिषद्को समितिमा छलफलकै चरणमा रहेको र पूर्णरूपमा तयार नभएको बताउँदै, यसलाई सरकारको आधिकारिक धारणा भनेर प्रचार नगर्न पनि आग्रह गरे । यसअघि सञ्चारमाध्यममा सरकार बहुविवाहलाई वैधानिकता दिने तयारीमा रहेको भन्ने आशयका समाचार प्रकाशित भएका थिए, जसप्रति नेपाल महिला संघले कडा आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला