२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब हामी मधेशवादी र पहाडवादी भएर हुँदैन: भट्टराई

२०७४, २९ भाद्र बिहीबार १०:२६

भदौ २९, सप्तरी । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मधेशको मुद्दा समाधानका लागि राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको नमूनाअनुसार प्रदेशको सीमांकन गरिनुपर्नेमा जोड दिनुभएको छ । 

उहाँले मधेशमा राजनीतिक स्थायित्वका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई पनि सँगसँगै लैजानुपर्ने पनि बताउनुभयो । आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि यहाँ आइपुग्नुभएका भट्टराईले आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा सो कुरा बताउँदै देशको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य भएकाले नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्या समाधान गरी हिमाल, पहाड, तराई, मधेशलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको हो भन्नुभयो । 

“अब हामी मधेशवादी र पहाडवादी भएर हुँदैन”, उहाँले भन्नुभयो, “अब देशको विकास र समृद्धिका लागि राष्ट्रिय एकता कायम गर्ने इन्द्रधनुषी राष्ट्रवादको प्रवद्र्धन गर्नुपर्छ ।” 

नेपालको राजनीति भ्रष्टाचारको दलदलमा फसेको र पुरानै पार्टी सत्तामा फर्किन सक्ने सम्भावनाको आँकलन गर्दै नयाँ शक्तिले आन्तरिकरुपमा राष्ट्रिय एकता बलियो बनाई बाह्यरुपमा भारत र चीनसँगको सम्बन्धलाई समदूरीमा राख्नुपर्नेमा संयोजक भटृराईले जोड दिनुभयो । आजै सो पार्टीले बिहान राजविराज नगरपालिकाको वडा नं ७ मा पैदलयात्रासहित घरदैलो कार्यक्रम गरेको थियो । 

कार्यक्रममा संयोजक भट्टराई, कार्यबाहक जिल्ला संयोजक राजेश विद्रोही, राजविराज नगरपालिका प्रमुख पदका उम्मेदवार मीना ठाकुर, उपप्रमुख पदका उम्मेदवार अनन्नलाल साह (आनन्द), कृष्णकुमार गुप्ता, शैलेन्द्रकुमार झा, सूर्यनारायण मण्डललगायतका अभियन्ताको सहभागिता थियो । घरदैलोपश्चात् संयोजक भट्टराईले राजविराजको गजेन्द्र चोकस्थित मधेशका चर्चित नेता स्व गजेन्द्रनारायण सिंहको सालिकमा माल्यार्पण गर्नुभयो । 

त्यस्तै बुधबार संयोजक भट्टराईसहित नयाँ शक्ति पार्टी संसदीय दलका नेता गंगा चौधरी, सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धर, कार्यबाहक जिल्ला संयोजक राजेश विद्रोहीलगायतको टोलीले सप्तरीको खडक नगरपालिका, कृष्णसावरन गाउँपालिका एवं छिन्नमस्ता गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुनुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने