८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब हामी मधेशवादी र पहाडवादी भएर हुँदैन: भट्टराई

२९ भाद्र २०७४, बिहीबार १०:२६

भदौ २९, सप्तरी । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मधेशको मुद्दा समाधानका लागि राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको नमूनाअनुसार प्रदेशको सीमांकन गरिनुपर्नेमा जोड दिनुभएको छ । 

उहाँले मधेशमा राजनीतिक स्थायित्वका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई पनि सँगसँगै लैजानुपर्ने पनि बताउनुभयो । आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि यहाँ आइपुग्नुभएका भट्टराईले आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा सो कुरा बताउँदै देशको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य भएकाले नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्या समाधान गरी हिमाल, पहाड, तराई, मधेशलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको हो भन्नुभयो । 

“अब हामी मधेशवादी र पहाडवादी भएर हुँदैन”, उहाँले भन्नुभयो, “अब देशको विकास र समृद्धिका लागि राष्ट्रिय एकता कायम गर्ने इन्द्रधनुषी राष्ट्रवादको प्रवद्र्धन गर्नुपर्छ ।” 

नेपालको राजनीति भ्रष्टाचारको दलदलमा फसेको र पुरानै पार्टी सत्तामा फर्किन सक्ने सम्भावनाको आँकलन गर्दै नयाँ शक्तिले आन्तरिकरुपमा राष्ट्रिय एकता बलियो बनाई बाह्यरुपमा भारत र चीनसँगको सम्बन्धलाई समदूरीमा राख्नुपर्नेमा संयोजक भटृराईले जोड दिनुभयो । आजै सो पार्टीले बिहान राजविराज नगरपालिकाको वडा नं ७ मा पैदलयात्रासहित घरदैलो कार्यक्रम गरेको थियो । 

कार्यक्रममा संयोजक भट्टराई, कार्यबाहक जिल्ला संयोजक राजेश विद्रोही, राजविराज नगरपालिका प्रमुख पदका उम्मेदवार मीना ठाकुर, उपप्रमुख पदका उम्मेदवार अनन्नलाल साह (आनन्द), कृष्णकुमार गुप्ता, शैलेन्द्रकुमार झा, सूर्यनारायण मण्डललगायतका अभियन्ताको सहभागिता थियो । घरदैलोपश्चात् संयोजक भट्टराईले राजविराजको गजेन्द्र चोकस्थित मधेशका चर्चित नेता स्व गजेन्द्रनारायण सिंहको सालिकमा माल्यार्पण गर्नुभयो । 

त्यस्तै बुधबार संयोजक भट्टराईसहित नयाँ शक्ति पार्टी संसदीय दलका नेता गंगा चौधरी, सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धर, कार्यबाहक जिल्ला संयोजक राजेश विद्रोहीलगायतको टोलीले सप्तरीको खडक नगरपालिका, कृष्णसावरन गाउँपालिका एवं छिन्नमस्ता गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुनुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता