८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ : सञ्चारमन्त्री

२९ भाद्र २०७४, बिहीबार ११:०६

भदौ २९, काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ । 

कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको ‘क्यान कमटेक–२०१७’ को आज यहाँ उद्घाटन गर्दै उहाँले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले नयाँ योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

“अबको एक महिनाभित्र सूचना प्रविधिको विकासका लागि नयाँ कार्ययोजना ल्याउँदै छौँ,” उहाँले भन्नुभयो – “अहिले म सूचना प्रविधिको विकासका लागि गहन अध्ययनमा रहेको छु ।’’ 

मन्त्री बस्नेतले प्रविधिको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्दै त्यसका लागि योजना ल्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “नयाँ कानून बनाएर हुन्छ कि संशोधन गरेर हुन्छ नेपाललाई ‘डिजिटल’ युगमा लानुपर्छ ।” 

कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्मा र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना प्रविधि क्षेत्रमा विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । 

भृकुटीमण्डपमा शुरु भएको क्यान कमटेक आउँदो असोज १ गतेसम्म सञ्चालन हुनेछ । सूचना प्रविधि क्षेत्रमा आएका पछिल्ला विकासबारे जानकारी गराउन कमटेक आयोजना गरिएको क्यानका कार्यबाहक अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिनुभयो । 

कमटेकमा सूचना प्रविधिसँग सम्बन्धित करिब ९० कक्ष रहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता