८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाले नवलपरासी मालपोतका अधिकृतलाई कालोमोसो दल्यो

२९ भाद्र २०७४, बिहीबार ११:१५

भदौ २९, नवलपरासी । नेपाल कम्युनिस्ट पार्टीनिकट नवलपरासी जिल्ला जनपरिषदले मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई भ्रष्टाचारीको आरोपमा कालोमोसो दलेको छ ।


जनपरिषदका कार्यकर्ताले बिहीबार घिमिरेकै कार्यकक्षमा गएर कालो मोसो दलेको हो । स्थानीयको व्यापक मात्रामा गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्द्वारा वितरित पर्चामा भनिएको छ ।

कालोमोसो दलेपछि घिमिरेविरुद्ध नाराबाजी गर्दै जनपरिषद्का कार्यकर्ता बाहिरिएको प्रत्यक्षदर्शीले बताए । जनपरिषद्ले मोसो दल्नुका पछाडि ६ वटा कारण उल्लेख भएको पर्चा मालपोत कार्यलय परिसरमा भेटिएको छ ।

आरोपको पहिलो नम्बरमा सुकुम्वासी आयोगले दिएको जग्गामा किर्ते कागजात बनाई श्रेष्ठता कायम गराउन अधिकृत घिमिरेले सघाएको उल्लेख छ । घुस खान मालपोत आउने सेवाग्रहीलाई सुनियोजित रुपमा दुःख दिने गरेको आरोप घिमिरेमाथि लगाइएको छ ।

घिमिरेले सरकारको सेवासुविधा खाई कुर्सीमा बसेर जग्गा रजिष्ट्रेसन पास गर्दा राजश्व छलेर आफ्नो खल्तीमा पार्न पिच बाटोलाई कच्ची र कच्चीलाई बाटो नै नभएको भनी प्रमाणित गरेको, नियतबस पुँजीगत लाभकर कम पारेर राज्यलाई राजश्वमा क्षति पुर्याएर धेरै रकम आफ्नै गोजीमा पारेको तथा मालपोतमा सेवा लिन आउनेसँग काममा अनावश्यक ढिलाई गरी छिटोका लागि घुस खाएकोलगायत आरोप पर्चामा लगाइएको छ । 

गल्ती स्वीकार गरेर जनतामाझ् माफी माग्नुपर्ने र सम्बन्धित निकायले उनलाई अपराधबमोजिम कडा कारवाही गर्नुपर्ने अन्यथा थप कदम चाल्ने चेतावनी जनपरिषद् नवलपरासीले दिएको छ ।

नेकपाले भ्रष्टचारी, घुसखोर, माफिया, दलाल, राष्ट्रघाती/जनघाती तथा सामाजिक अपराधीलाई राज्यले कारवाही गर्नुको सट्टा मौन बस्ने र उल्टै पुरस्कृत गर्दै लगेको भन्दै भदौदेखि कार्तिक मसान्तम्म जनजागरण र प्रतिरोध अभियान चलाउने घोषणा यस अघिनै गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता