२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्राधिकरणको अहिलको नेतृत्वले विद्युत व्यवस्थापन गर्न नसक्दा आपूर्तिमा समस्या : कुलमान घिसिङ

२०८२, २० श्रावण सोमबार १४:१८

काठमाडौँ | नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलको नेतृत्वले विद्युत व्यवस्थापन गर्न नसक्दा आपूर्तिमा समस्या देखिएको बताएका छन्।

‘उज्यालो नेपाल अभियान’ लिएर अमेरिका भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहेता पनि अहिलेको प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरी विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी गरेका हुन्। घिसिङले भने,‘नयाँ व्यवस्थापन आएपछि राम्रो काम गरिरहेकालाई कुलमानका मान्छे भन्दै जिम्मेवारीबाट हटाउन सुरु गरियो, देशभरीका विद्युत प्रणाली सञ्चालन गर्ने भार प्रेषणजस्तो संवेदनशील ठाउँको प्रमुखलाई हटाइयो अहिले चल्दै नचल्ने अवस्था आएपछि पुनः उही व्यक्तिलाई लैजानुपर्ने अवस्था आयो। त्यसैले नेपालमा अहिले देखिएको विद्युत आपूर्तिको समस्या स्रोत नभएर नभई व्यवस्थापन गर्न नसकेर हो, व्यवस्थापनको पूर्ण असफलता हो।’

एशियाली विकास बैंकको सहायतामा निर्माण गर्न लागिएको ६७० मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको लगानी जुटाउनु पूर्वका कामहरु अन्तिम चरणमा पुगिरहेको अवस्थामा अहोरात्र खटिरहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई हटाएर प्राधिकरण व्यवस्थापनले आयोजनालाई अन्यौलमा पार्ने काम गरेको घिसिङले आरोप लगाए। उनले घाटमा रहेको संस्थालाई नाफामा लगेको, करिब करिब सबैको घरमा बिजुली पुर्याएको, बिगतमा लोडिसेडिङको समयमा डिडिकेटेट तथा ट्रंक लाइनबाट विद्युत् लिएका औद्योगिक ग्राहकको प्रिमियम महसुल बक्यौता उठाउन प्रयास गरिरहेको अवस्थामा सरकारले अपमानपूर्वक आफूलाई हटाएको उल्लेख गरे।

लोडसेडिङ अन्त्य कुनै जादू नभएर प्राधिकरणको कार्यकारी निर्देशकको दायित्व इमान्दारपूर्वक निर्वाह गर्दा मुलुकबाट लोडसेडिङ अन्त्य भएको उल्लेख गर्दै घिसिङले यसमा तत्कालीन प्रधानमन्त्री, ऊर्जामन्त्री, प्राधिकरणका कर्मचारी आम उपभोक्ता, विदेशमा रहेका नेपालीकोे साथ र हौसलाले गर्दा थप काम गर्न प्रेरित गरेको बताए।‘बिजुलीको उज्यालो पाएका छौं, तर अझै धेरै ठाउँमा अँध्यारो छ, वत्तिको उज्यालोले मात्र हुँदैन भनेर देशमा व्याप्त अँध्यारो हटाउन केही गरौं भन्ने सोच बनाएर उज्यालो नेपाल अभियान चलाएका हौं’, उनले भने।

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषणा गरिएको ‘उज्यालो नेपाल अभियान’ मा जोडिन उनले आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु