८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारलाई कुटपिट गरिएको भन्दै एमालेको विरोध

२९ भाद्र २०७४, बिहीबार १२:३४

भदौ २९, काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट गरिएको भनी आपत्ति जनाएको छ । 

कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले पक्राउ गरेको भए पनि छाड्नका निम्ति दबाब दिइरहेको जिकिर गर्दै पार्टीले तिनलाई कारवाहीको माग गरेको छ । पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं ११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोशिशसमेत भएकामा पनि एमालेले निन्दा गरेको छ । 

एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण हुन नदिने उद्देश्यका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ । प्रदेश नं २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ । यसैबीच सप्तकोशी नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का तर्फबाट उपप्रमुख पदका आकांक्षी रहनुभएका वडा नं २ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी आज एमालेमा प्रवेश गर्नुभएको छ । 

यसैबीच एमालेका अध्यक्ष केपी शर्मा ओली सो प्रदेशको स्थानीय तहको चुनावको सन्दर्भमा शुक्रबार जीतपुर, सिमरा र बर्दिबासका चुनावी सभामा सम्बोधन गर्नुहुने भएको छ । एमालेका वरिष्ठ नेता भलनाथ खनाल र नेता माधवकुमार नेपाललगायत नेताले पनि तराईका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता