९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संचारमन्त्रीले भने- सरकारका सय दिन उपलब्धिमूलक

२९ भाद्र २०७४, बिहीबार १५:२०


भदौ २४, काठमाडौँ । सरकार गठन भएको सय दिनको अवधि संविधानको स्वीकार्यता बढाउँदै मुलुकको राजनीतिक स्थायित्वका लागि उल्लेखनीय साबित भएको छ । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि आज सय दिन पुगेको अवसरमा सरकारले सो अवधिमा सम्पन्न भएका महत्वपूर्ण कार्य र हासिल भएका उपलब्धिबारे जानकारी गराउँदै सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले संविधानको कार्यान्वयनका सिलसिलामा सबै तहका निर्वाचन सम्पन्न गराउने अग्रसरता नै सरकारको प्रमुख उपलब्धि हो भन्नुभयो । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले वर्तमान सरकार गठन भएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनाका साथै आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनको तयारी पूरा भएको बताउनुभयो । “सरकारले संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न मिति घोषणा गर्नुका साथै निर्वाचनको आवश्यक तयारी र व्यवस्थापन गरिरहेको छ,”,उहाँले भन्नुभयो । 

प्रधानमन्त्री देउवाले गत जेठ २४ गते पदबहाली गरेपछि संविधान कार्यान्वयन, सबै तहका निर्वाचन सम्पन्न गर्ने, भूकम्पपछिको पुनःनिर्माण र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आर्थिक समृद्धि, शान्ति सुरक्षा र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने प्राथमिकता तोकी कार्यारम्भ गरेको थियो । 

उहाँले संविधान संशोधन विधेयकलाई मतदानका लागि संसद्मा प्रस्तुत गरी सबै तहका निर्वाचनमा मधेश केन्द्रित सम्पूर्ण दलको सहभागिता सुनिश्चित गर्दै सरकारले निर्वाचनका लागि आवश्यक कानून निर्माण गरेको जानकारी गराउनुभयो । 

सरकारले गत साउन महिनाको अविरल वर्षापछि मुलुकभर आएको बाढी, पहिरो र डुबानबाट अस्तव्यवस्त जनजीवनलाई सामान्यीकरण गर्न तत्काल राहत, उद्धार र पुनःस्थापनामा केन्द्रित रहेको जनाएको छ । 

सय दिनको अवधिमा भारत र चीनलगायत अन्तर्राष्ट्रिय मञ्चमा उच्चस्तरमा भएको भ्रमणले छिमेकी मुलुक एवं अन्तर्राष्ट्रियस्तरमा आपसी कूटनीतिक सम्बन्ध अझ बढी सुदृढ र उन्नत बनाउन मद्दत पुगेको सरकारको बुझाइ छ । सो अवधिमा राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीट्जरल्याण्ड भ्रमण, उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण, प्रधानमन्त्री देउवाको भारत भ्रमण तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराको भारत र चीन भ्रमणका क्रममा महत्वपूर्ण सम्झौता हुनाका साथै अन्तर्राष्ट्रिय जगत्सँग नेपालको सम्बन्ध थप उचाइमा पुगेको छ । 

सय दिनकै अवधिमा चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको भ्रमण गर्नु तथा बिमस्टेकको १५ औँ मन्त्रिस्तरीय बैठक काठमाडौँमा हुनु र बैठकले बिमस्टेकको शिखर सम्मेलन उपयुक्त समयमा काठमाडौँमा गर्ने निर्णय गर्नु नेपालका लागि गौरवको विषय बनेको सरकारले जनाएको छ । 

भूकम्पपछिको पुनःनिर्माणका क्रममा पछिल्लो पटक उल्लेखनीय कार्य भएको बताउँदै सञ्चारमन्त्री बस्नेतले सो अवधिमा सम्पदा, निजी घर, विद्यालय, सरकारी कार्यालय र स्वास्थ्य संस्थाको पुनःनिर्माणको विवरण दिनुभयो । 

स्थानीय तहको बजेट कार्यान्वयनका लागि संघीय सरकारबाट अनुदानका रुपमा हस्तान्तरित र स्थानीय स्रोतसमेत कायम गरी निर्माण गरिएको बजेट व्यवस्थित तुल्याउन आवश्यक व्यवस्था गरिएको उहाँले अवगत गराउनुभयो । सरकार गठन भएको सो अवधिमा अर्थ, उद्योग, वाणिज्य, ऊर्जा, कृषि, शहरी विकास, सिँचाइ, सञ्चार, स्थानीय र भौतिक पूर्वाधार र सडकलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । 

सरकारले प्रमुख चाडपर्वका मुखमा आपूर्ति व्यवस्थापन र बजार अनुगमनलाई प्रभावकारी बनाउनाका साथै सुरक्षा अवस्थालाई समेत चुस्त बनाएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्नाका साथै स्रोतसाधनको कमी हुन नदिने सुनिश्चितता गर्दै समयमै निर्माण सक्ने गरी तीव्रता दिन प्रोत्साहन दिनुभएको मन्त्री बस्नेतले बताउनुभयो । 

पत्रकार सम्मेलनमा उठेका सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकारले भ्रष्टाचार र अनियमिततामा शून्यसहनशीलता अपनाएको बताउँदै कानूनी प्रक्रियानुसार भ्रष्टाचार नियन्त्रण गरिने अठोट व्यक्त गर्नुभयो । 

परराष्ट्रमन्त्री महराले सरकारको पहिलो प्राथमिकता संविधानकोे कार्यान्वयन र निर्धारित समयमा सबै तहका निर्वाचन सम्पन्न गर्ने अग्रसरता मुख्य उपलब्धि हो भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै