२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीका पाँच महिला स्थानीय तहका शीर्षपदमा प्रतिस्पर्धा गर्दै

२०७४, ३० भाद्र शुक्रबार ०५:४६

भदौ ३०, महोत्तरी । स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रेका छन् । 

आगामी असोज २ गते हुने निर्वाचनका लागि नेकपा (एमाले)ले सम्सी गाउँपालिकाको प्रमुख पदमा मीनाक्षीकुमारी साह, संघीय समाजवादी फोरम नेपालले गौशाला नगरपालिकामा रामकुमारीदेवी महतो, बहुजन शक्ति पार्टीले गौशाला नगरपालिकाको प्रमुखको लागि फूलकुमारी सहनीलाई प्रमुख पदका लागि चुनावी मैदानमा उतारेका छन् । 

त्यस्तै, एकडारा गाउँपालिका प्रमुखमा सीतादेवी र औरही नगरपालिकामा बहुजन शक्ति पार्टीबाट तारादेवीले उम्मेदवारी दिएका छन् । यिनीहरु सबै मधेशी मूलका उम्मेदवार रहेका छन् भने जिल्लाको उत्तरवर्ती क्षेत्रबाट कुनै पनि महिला स्थानीय तहको नेतृत्वका लागि अगाडि बढ्न सकेका छैनन् । 

जिल्लामा रहेका अन्य दलले चुनावी एजेण्डामा महिलालाई समानुपातिक एवं समावेशीको नारा दिएर चुनावी एजेण्डा बनाएता पनि व्यवहारमा उतार्न सकेका छैनन् । 

जिल्लामा रहेको नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राजपा नेपाललगायतका दलहरुले महिलालाई उपप्रमुख या उपाध्यक्षमा सीमित पारेका छन् । पछिल्लो समयमा चुनाव खर्चिलो भएको भन्दै आर्थिक स्थिति कमजोर भएका महिला, दलित, जनजाति समुदायका महिला हारिने डरले चुनावी मैदानमा आउन नसकेको एमाले नेत्री दुर्गा दाहाल बताउनुहुन्छ । 

हामीलाई अवसर नदिने तर महिलालाई होच्याउने कारणले यहाँका महिला अगाडि बढ्न नसकेको पूर्व सांसद एवं माओवादी विचारधाराकी नेत्री बुधनीदेवी महतोले बताउनुभयो । 

देशका उच्च तहमा महिलाले कार्यभार सञ्चालनमा सफलता हासिल गरेको भन्दै अब हरेक महिलालाई व्यवहारमा लागू गरेमात्र देशमा समावेशीताको नारा यथार्थमा परिणत हुने महतोले धारणा राख्नुभयो । 

पितृवादी सोचाइका कारण हाम्रो समुदायमा महिलालाई अगाडि बढ्नका लागि आफ्ना सहकर्मीले नै अगाडि बढ्नबाट रोक लगाउँदै आएको माओवादी केन्द्रकी नेत्री शशीकला दाहालले प्रतिक्रिया दिनुभयो । घर राम्ररी चलाउन जान्ने महिलाले स्थानीय तह पनि सञ्चालन गर्नमा कुनै पनि कसर बाँकी नछाड्ने स्थानीय नरेन्द्र महतोले बताउनुभयो । 

महिलालाई अवसरको खाँचो छ, अवसर पाए मधेशी समुदायका महिला जे पनि गर्न सक्ने यथार्थ रहेको अनेक उदाहरण दिँदै महतोले भन्नुभयो, हरेक निकायमा महिला नेतृत्व आवश्यक रहेको छ । धनवीर महतो/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने