८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीका पाँच महिला स्थानीय तहका शीर्षपदमा प्रतिस्पर्धा गर्दै

३० भाद्र २०७४, शुक्रबार ०५:४६

भदौ ३०, महोत्तरी । स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रेका छन् । 

आगामी असोज २ गते हुने निर्वाचनका लागि नेकपा (एमाले)ले सम्सी गाउँपालिकाको प्रमुख पदमा मीनाक्षीकुमारी साह, संघीय समाजवादी फोरम नेपालले गौशाला नगरपालिकामा रामकुमारीदेवी महतो, बहुजन शक्ति पार्टीले गौशाला नगरपालिकाको प्रमुखको लागि फूलकुमारी सहनीलाई प्रमुख पदका लागि चुनावी मैदानमा उतारेका छन् । 

त्यस्तै, एकडारा गाउँपालिका प्रमुखमा सीतादेवी र औरही नगरपालिकामा बहुजन शक्ति पार्टीबाट तारादेवीले उम्मेदवारी दिएका छन् । यिनीहरु सबै मधेशी मूलका उम्मेदवार रहेका छन् भने जिल्लाको उत्तरवर्ती क्षेत्रबाट कुनै पनि महिला स्थानीय तहको नेतृत्वका लागि अगाडि बढ्न सकेका छैनन् । 

जिल्लामा रहेका अन्य दलले चुनावी एजेण्डामा महिलालाई समानुपातिक एवं समावेशीको नारा दिएर चुनावी एजेण्डा बनाएता पनि व्यवहारमा उतार्न सकेका छैनन् । 

जिल्लामा रहेको नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राजपा नेपाललगायतका दलहरुले महिलालाई उपप्रमुख या उपाध्यक्षमा सीमित पारेका छन् । पछिल्लो समयमा चुनाव खर्चिलो भएको भन्दै आर्थिक स्थिति कमजोर भएका महिला, दलित, जनजाति समुदायका महिला हारिने डरले चुनावी मैदानमा आउन नसकेको एमाले नेत्री दुर्गा दाहाल बताउनुहुन्छ । 

हामीलाई अवसर नदिने तर महिलालाई होच्याउने कारणले यहाँका महिला अगाडि बढ्न नसकेको पूर्व सांसद एवं माओवादी विचारधाराकी नेत्री बुधनीदेवी महतोले बताउनुभयो । 

देशका उच्च तहमा महिलाले कार्यभार सञ्चालनमा सफलता हासिल गरेको भन्दै अब हरेक महिलालाई व्यवहारमा लागू गरेमात्र देशमा समावेशीताको नारा यथार्थमा परिणत हुने महतोले धारणा राख्नुभयो । 

पितृवादी सोचाइका कारण हाम्रो समुदायमा महिलालाई अगाडि बढ्नका लागि आफ्ना सहकर्मीले नै अगाडि बढ्नबाट रोक लगाउँदै आएको माओवादी केन्द्रकी नेत्री शशीकला दाहालले प्रतिक्रिया दिनुभयो । घर राम्ररी चलाउन जान्ने महिलाले स्थानीय तह पनि सञ्चालन गर्नमा कुनै पनि कसर बाँकी नछाड्ने स्थानीय नरेन्द्र महतोले बताउनुभयो । 

महिलालाई अवसरको खाँचो छ, अवसर पाए मधेशी समुदायका महिला जे पनि गर्न सक्ने यथार्थ रहेको अनेक उदाहरण दिँदै महतोले भन्नुभयो, हरेक निकायमा महिला नेतृत्व आवश्यक रहेको छ । धनवीर महतो/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता