२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव विथोल्ने गतिविधिमा सलंग्न नेकपाका दुई कार्यकर्ता पक्राउ

२०७४, ३० भाद्र शुक्रबार ०८:०५

भदौ ३०, गौशाला । तेस्रोचरण अन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउपर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताउनुभयो । 

लामालाई बर्दिवास र मिश्रलाई मटिहानी नगरपालिका क्षेत्रबाट पक्राउ गरेका छन् । पक्राउ परेका दुबै जनामाथि सार्वजनिक मुद्दा चलाएको र यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक कठायतले बताउनुभयो । 

बाढीबाट जोगाउनेले पाउछन्, दलितको भोट 

रातो खोलाको बाढीबाट प्रत्यक्ष मारमापर्ने गरेको जलेश्वर नगरपालिका वडा नम्बर ६, ७ र ८ का सयौंँ दलितले बाढीबाट जोगाउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । 

ती वडामा बसोबास गर्ने खत्वे, मुसहर, चमारलगायतका दलितले बाढीबाट जोगाउने उम्मेदवारलाई मतदान गर्ने बताएपछि विभिन्न दलका उम्मेदवार अहिले त्यो बस्तीमा पुगेर मत माग्न सक्रियता देखाउन थालेका छन् । 

जिल्लाको महादेवपट्टी, बखरी, रतवारा, बजराही र धबौली गाउँका सयौं दलित वर्षेनी रातो खोलामा आएको बाढीबाट भौतिक तथा मानवीय क्षति बेहोर्दै आएको छ । 

जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवारका लागि मत माग्न बस्तीमा आउने नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेपाल फोरम लोकतान्त्रिक, राप्रपालगायतका राजनीतिक दल र विभिन्न स्वतन्त्र उम्मेदवारसँग उनीहरुले एउटै माग राख्दै आएका छन्, बाढीबाट जोगाउने प्रक्रिया अगाडी बढाउने । 

उनीहरुले रातो नदीबाट हुने गरेको धनजनको क्षति रोक्ने, रातो नदीमा पक्की बाँध बनाउने, तटबन्ध बनाउने र रातो नदीलाई जनताको सिँचाइ तथा अन्य किसिमले उपयोगी बनाउन मद्दत गर्ने व्यक्तिलाई मात्रै भोट हाल्ने बताउँछन् । 

गत साउन महिनाको अन्तिमसातामा मात्रै रातो नदीमा आएको बाढीबाट जलेश्वर नगरपालिकामा तीन जनाको मृत्यु भएको थियो । त्यस्तै बाढीबाट करोडौंँको धनमाल र धानखेतीमा क्षति पुगेको हुँदा रातो नदीको बाढीबाट जोगाउनेले मात्रै हाम्रो भोट पाउने उनीहरु बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने