पेट्रोलियम भण्डार"/>
पेट्रोलियम भण्डार"/>
भदौ ३०, काठमाडौं । संसदको सुशासन तथा अनुगमन समितिले आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।
पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले अनियमितता भएको ठहर गर्दै खड्कालाई कारबाही गर्न सिफारिस गरेको हो ।
खड्काको नेतृत्वमा भएको जग्गा खरिद प्रकरणमा अनियमितता भएको विभिन्न संसदीय समितिहरूले ठहर गरेकाले उनलाई कुनैपनि जिम्मेवारी नदिनसमेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।
खड्कामाथि विभिन्न निकायले अनुसन्धान गरिरहेकाले विवादको टुङ्गो नलागेसम्म जिम्मवारी नदिन आफूहरूले मन्त्रालयलाई सिफारिस गरेको सुशासन समितिका सचिव मुरारी महतले बताए ।
समितिको यसअघि बैठकमा आरोपित खड्कालाई कारबाहीको दायरा ल्याउन सरकारलाई निर्देशन दिइएको थियो । चितवन, भैरहवा ,झापा र सर्लाहीमा जग्गा खरिद गर्दा अनियमितता भएको ठहर गर्दै सार्वजनिक लेखा समिति, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले कारबाहीका लागि यसअघि नै सिफारिस गरिसकेका छन्